नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै पार्टी राम्रो बनाउन जवाफ फर्काएका छन् ।
प्रचण्डले एमालेका तेस्रो धारका नेताहरूबारे अभिव्यक्ति दिएपछि भुसालले जवाफ फर्काएका हुन् । भुसालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउँछौं । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।’
कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो । हाम्रो पार्टी हामीले नै बनाउछौ। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।
— Ghanashyam Bhusal (@gsbhusal) September 23, 2021
काभ्रेको पाँचखालमा बिहीवार आयोजित योङ कम्युनिस्ट लिग (वाइसीएल), नेपालको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले तेस्रो धारका नेताहरू धेरै दिन एमालेमा नटिक्ने दाबी गरेका थिए । उनले भनेका थिए, ‘बडो दया लाग्छ ती साथीहरूलाई देख्दा, ढिलोछिटो त्यहाँबाट निस्किन्छन् । त्यहाँ बस्ने ठाउँ छैन ।’
सम्बन्धित खबर
बझाङको प्रदेशमा एमालेलाई अग्रता, स्थानीय चुनाव हारेका ठाममा पनि अग्रता
गनेका मतमध्ये झण्डै आधा एमालेका सुहाङलाई
इलाम-२ मा अघि अघि सुहाङ नेम्बाङ, जित्ने दाबी गरेका मिलन चौथो स्थानमा
इलाम उपनिर्वाचन: मतदान सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो
जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको ?: कांग्रेस सभापति देउवा
सुदूरपश्चिम सरकार गठनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग