काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाज काठमाण्डौमै फर्केर सहज अवतरण हुन सफल भएको छ । विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि जहाज काठमाडौंमा फर्कियो ।
बुद्ध एयरको एएनआई कल साइनको उडान नम्बर–७०१ को विमानमा सवार ७३ यात्रुमध्ये २ जना बालबालिका र ३ जना नवजात शिशु थिए । ४ जना क्रु मेम्बर जहाजमा सवार थिए । आकाशमा २ घण्टा फन्को मारिरहँदा यात्रुहरु चिन्तित थिए ।
आकाशमा तनावपूर्ण २ घण्टा ५ मिनेट फन्को मारेपछि विमान अवतरण गरिएको हो । यात्रुहरुलाई काउन्सिलिङ गरेर गन्तव्यमा पठाइएको विमानस्थल प्रशासनले जानकारी दिएको छ ।
विमान उडाउने क्याप्टेन थिए एजी शेर्पा
उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । ल्यान्डिङ गियरमा संकेत नदेखेपछि विमानका क्याप्टेन शेर्पाले विमान काठमाडौं फर्काउने निधो गरेका थिए । विराटनगर विमानस्थलमा फोर्स ल्याण्डिङका लागि आवश्यक तयारी नभएको हुनाले विमान काठमाडौं फर्काइएको थियो । विमान बिहान ८ बजेर ३२ मिनेटमा विराटनगरका लागि उडेको थियो ।
जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौंंमा सुरक्षित अवतरण गराएका थिए । जहाज अवतरण गराउन सबै सुरक्षाका व्यवस्था गरिएको थियो । काठमाडौं विमानस्थलमा फ्युल बर्न गराएर फोम ओछ्याएर फोर्स ल्याण्डिङको तयारी गरिएको थियो । दमकल र फायर फाइटर तयारी अवस्थामा थिए । एम्बुलेन्स पनि तयारी हालतमा राखिएको थियो । तर, चक्का खुलेपछि विमान सामान्य तरिकाले १० बजेर ३७ मिनेटमा ल्याण्ड गरिएको हो । पाङ्ग्रा निस्केको पुष्टि भएपछि सफलतापूर्वक अवतरण गरिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख प्रतापबावु तिवारीले बताएका छन् ।

सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो