मष्तिस्कघातका कारण काठमाण्डौमा उपचाररत पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको अन्तिम शल्यक्रिया सफल भएको छ । मेयरका प्रेस संयोजक माधव बरालका अनुसार सोमबार मेयर जिसीको शल्यक्रिया सफल भएको हो ।
काठमाडौं बाँसबारीस्थित न्यूरो हस्पिटलमा कार्निओप्लाष्टी अपरेशन भएको हो । अपरेशनपछि मेयरलाई पोष्ट अपरेटिभ वार्डको आइसियुमा राखिएको बरालले बताए । शल्यक्रियामा संलग्न चिकित्कसले अपेरशन सफल भएको जानकारी दिएका छन् ।
गत १ साउनमा पोखरास्थित निवासमै मष्तिस्कघात भएपछि मेडिप्लस, मनिपाल हुँदै हेलिकोप्टमार्फत् काठमाण्डौ लगिएकोमा मेयर जिसी उतै बसी बाँसबारीमा उपचार गराउँदै आएका छन् । पछिल्लो समय छोरीकै हेरचाहमा उनकै घरमा बसी स्वास्थ्यलाभ गरिरहेका छन् । मेयर जिसीको गत हप्ता अपरेशन गर्ने तयारी गरिएको भएपनि पिसाबमा इन्फेक्शन देखिएपछि एक हप्ता सारिएको हो ।
मष्तिस्कघात भएपछि पहिलो अपरेशन गर्दा टाउकोको माथिल्लो हड्डी बाहिर निकालिएकोमा अहिले पुनः त्यही हड्डी टाउकोमै प्रत्यारोपण गरिएको हो । प्रेस संयोजक बरालले टाउकाकोे टाँका खोलेपछि मेयर जिसी पोखरा आउने जानकारी दिए ।
मष्तिस्कघातपछि एक हरमा समस्या देखिएकाले फिजियोथेरापी जारी राख्नु पर्ने भएपनि अन्य उपचार अब पूरा भएको छ । एमाले नेता एवं कास्कीका सांसद खगराज अधिकारीले मेयर जिसीलाई भेटेपछि फेसबुक वालमा तस्विर पोष्ट गर्दै अब मेयर जिसी छिट्टै पोखरा फर्कने बताएका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ