प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले नेपाललाई सरकारले नै कालो सूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
सरकारले ल्याएको प्रतिस्थापन विधेयकमा करिब २१/२२ अर्ब कालो धनलाई वैधानिकता दिने गरी प्रावधान ल्याएको भन्दै उनले सरकारले नेपाललाई कालो सूचीमा पार्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।
सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अधिकारीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भने, ‘हुँदाहुँदा लुटिएका झण्डैझण्डै २१/२२ अर्ब अन्तर्राष्ट्रिय कानुन, आतंककारी कानुनसमेत आकर्षित हुने कानुनलाई समेत उलंघन गरेर यो देशलाई नै कालो सूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’
सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सञ्चालनका लागि पहल गनरेको तर्क गरे ।
सरकार तमासा हेरेर बसेको छ
नेता अधिकारीले लगातार संसदमा बिरोध हुँदा पनि सरकार तमाशा हेरेर बसेको आरोप लगाए । अधिकारीले आफूलाई लोकतन्त्रवादी भन्ने कांग्रेस नेतृत्वको सरकारले संसद्मा देखिएको गतिरोध अन्त्य गर्न कुनै भूमिका निर्वाह नगरेको र तमाशा हेरेर बसेको आरोप लगाएका हुन् ।
उनले सरकारले अहिले गैरजिम्मेवार प्रवृति देखाएको आरोप पनि लगाए । अधिकारीले अकस्मात संसद् बन्द गरी दलीय व्यवस्थालाई समाप्त गर्ने सत्ता गठबन्धनको षडयन्त्रको जारी रुप संसद्मा देखिएको धारणा व्यक्त गरे । त्यस्तै उनले सरकार आफ्नो नीति र सिद्धान्तमा विश्वस्त नरहेको पनि बताए ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु