पोखरा महानगरपालिकाको गेट अगाडि नै रहेको यात्रु प्रतिक्षालयमा गरिएको मदिराको विज्ञापन हटाइएको छ ।
पोखरामा राष्ट्रिय फुटसल जारी छ । यसै फुटसलको प्रचार स्वरुप पोखराको ठाउँ ठाउँमा आयोजकले मदिरा कम्पनीको प्रायोजित विज्ञापन गरेको थियो । महानगर अगाडिको प्रतिक्षालयसहित पोखराका अन्य विभिन्न स्थानमा रहेका यात्रु प्रतिक्षालयहरुमा फुटसलबारे गरिएको प्रचार सामाग्रीमा मदिराको समेत विज्ञापन समावेश थियो ।
‘अब पालो फुटसलको’ लेखिएको प्रचार सामाग्रीमा रक्सीको विज्ञापन गरिएको थियो । उक्त सामाग्रीलाई लिएर समाजिक सञ्जालहरुका चौतर्फी आलोचना भएको थियो ।
नागरिक समाज, वडा अध्यक्षलगायत सर्वसाधारणबाट समेत चौतर्फी विरोध भएपछि ती सामाग्री हटाइएको महानगर श्रोतले जनाएको छ । सार्वजनिक स्थलहरुमा चुरोट, सूर्ती तथा मदिराजन्य पद्धार्थको प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।
नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेलले नियम विपरित राखिएको उक्त मदिराको विज्ञापन स्वास्थ्य प्रतिकूल समेत भएकाले विरोध गरिएको जनाएका छन् । उनले यो विज्ञापन हटाउन अभियान नै चलाएका थिए ।
पहिले

अहिले

पहिले

अहिले

पहिले

अहिले

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ