नेपाल विद्युत प्राधिकरण र इन्टरनेट/केवल व्यवसायीबीच पोलभाडाको विषयलाई लिएर उत्पन्न विवाद तत्काललाई समाधान भएको छ । ऊर्जामन्त्री पम्फा भुषालको हस्तक्षेपपछि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पछि हटे । प्राधिकरण इन्टरनेट तथा केबलका तार काट्ने काम रोक्न सहमत भयो ।
प्राधिकरणले पोल भडा नतिरेको भन्दै इन्टरनेट तथा केबलका तार काट्न सुरु गरेको थियो । यसबाट देशभर इन्टरनेट सेवा प्रभावित बनेपछि उपभोक्ताको अधिकार हनन भएको भन्दै चौतर्फी विरोध भयो । अन्ततः प्राधिकरण आफ्नो निर्णयबाट पछि हटेको छ ।
वार्तामा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी थिए । यस्तै, दुरसञ्चार प्राधिकरण र इन्टरनेट तथा केवल व्यवसायीको पनि प्रतिनिधित्व थियो । इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुने गरी तार काट्ने काम गर्नु गलत भएकोमा अरु सबै सहमत देखिएपछि कुलमान दवावमा आएका थिए ।
कुलमानले बैठकमा व्यवसायीहरु प्राधिकरणसँग नेगोसिएसनमा आउनुको साटो बाहिर विरोध गरेर हिँडेको भन्दै असन्तोष जनाएका थिए । ७३ सालदेखि आजसम्म व्यवसायीहरु प्राधिकरणमा कुरा गर्न नआएको उनको गुनासो थियो । ‘हाम्रो पोल प्रयोग गर्ने तर हामीलाई नै मतलब नराख्ने त ठीक भएन होला,’ घिसिङले भनेका थिए ।
व्यवसायीले भने आफूहरुसँग कुनै छलफल नगरी अन्धाधुन्द पोलभाडा बढाइएको भन्दै असन्तुष्टि जनाए । तत्काल तार काट्ने कार्य स्थगित गर्न तयार भए पछि बढाइएको भाडा फिर्ता गर्ने कुरामा भने कुलमान सहमत देखिएका छैनन् । समस्या समाधानका लागि सर्वपक्षीय समिति बनाउने निर्णय भएको छ ।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’