बडादसैँको आज दोस्रो दिन, भगवती ब्रह्मचारिणीको पूजाआजा गरिँदै

बडादसैँको आज दोस्रो दिन, भगवती ब्रह्मचारिणीको पूजाआजा गरिँदै

bramacharini

काठमाडौँ । बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन । देशभरिका देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाआजा गरिँदैछ ।

देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाआजा गर्ने चलन छ । तर यसपालि भने कोरोना संक्रमणको जोखिमको कारण नित्यपूजा मात्र गर्ने र दर्शनार्थीका लागि शक्तिपीठहरू खुला नगर्ने जनाइएको छ ।

ब्रह्मचारिणी देवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ । सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित हुने शास्त्रहरुमा उल्लेख गरिएको छ ।

घरघरमा स्थापित दशैंघर वा कोठामा पनि माता ब्रहमचारिणीको पूजाआजा तथा उनको गुणवर्णन गरिएका ग्रन्थहरुको वाचन र श्रवणसमेत गर्ने गर्दछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ