उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताएका हुन् ।
‘मैंले राजीनामाको घोषणा गरें,’ मन्त्री हमालले भने, ‘प्रधानमन्त्रीज्यूसँग भेटेर राजीनामा बुझाउँदैछु ।’ उनले आफू पदका लागि राजनीति नगरेको बताए । लामो समय नेपाली काँग्रेसमा रहेर राजनीति गरेको उल्लेख गर्दै भने, ‘मैले पदका लागि राजनीति गरिनँ र गर्ने पनि छैन ।’ आफू लो प्रोफाइलमा बसेर मोफसलमै सक्रिय रहेको स्पष्ट पारे ।
मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कुनै भूमिका नरहेको बताए । नियुक्तिमा प्रधानन्यायाधीशलाई मुछ्नुले आफू आश्चर्यचकित भएको बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो लामो राजनीतिक सक्रियतालाई दृष्टिगत गरी नियुक्त गरेको ठानेको र आफूलाई त्यसबारे थाहा पनि नभएको बताए । उनले भने, ‘मलाई मन्त्री बन्दैछु भन्ने पनि थाहा थिएन ।’
प्रधानन्यायाधीश जबराका नातेदार हमाललाई उनकै चाहना बमोजिम नियुक्ति दिएको भन्दै विभिन्न क्षेत्रबाट आलोचना भएपछि हमालले राजीनामाको घोषणा गरेका हुन् ।
२२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री देउवाले झण्डै तीन महिना लगाएर मन्त्रिपरिषदलाई पूर्णता दिदा हमालले महत्वपूर्ण मन्त्रालयको जम्मेवारी पाएका थिए । उनी देउवा सरकारमा राजीनामा घोषणा गर्ने पहिलो मन्त्री भएका छन् ।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो