बुटवल उपमहानगरपालिकाको मोतिपुर औद्योगिक क्षेत्रमा आइतवार भएको झडपका क्रममा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको छ।
दिउँसो स्थानीय सुकम्बासी र प्रहरीबीच झडप भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर चार जनाको मृत्यु भएको हो। तीन जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा मृत्यु भएको नेपाल प्रहरीका डीइजी बसन्त कुमार लामाले जानकारी दिए।
त्यस्तै, ८ जना प्रहरी र १६ जना प्रदर्शनकारी घाइते भएका छन्। बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा निर्माणाधिन मोतिपुर औद्योगिक करिडोर क्षेत्रमा आइतवार दिउँसो स्थानीय सुकम्बासी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको थियो।
जिल्ला प्रशासन कार्यालयले स्थितिलाई नियन्त्रणमा लिनका लागि भन्दै दिउँसो ४ बजेदेखि लागू हुने गरी कर्फ्यू जारी गरेको छ। अर्को सूचना जारी नभएसम्मका लागि बुटवलको पूर्वमा तिनाउ नदी क्षेत्र (बुटवल-१७ शिवनगरदेखि १८ सौंरहिया पुलसम्म), पश्चिममा हरिहरपुरको खेतीयोग्य जमिन (बुटवल-१७), उत्तरमा शिवनगर रानीगंज बस्ती र दक्षिणमा बुटवल-१८ औद्योगिक करिडोरको जमिन क्षेत्रमा कर्फ्यू प्रशासन कार्यालयले लगाएको हो।
सम्बन्धित खबर
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
अञ्जानमै कैद भएको दृश्य, त्यही पहिरोले ल्याएको थियो भोटेकोशीमा बाढी
बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानू : प्रहरी
मृत्य हुने पुष्टिको संख्या ६२६ पुग्यो, दुई हजार बढी बेपत्ता
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो