पोखरा । कास्कीको पर्यटकीय गाउँ घान्द्रुक गइरहेको जीप कलभीरबाट मोदी खोलामा खसेर दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाए । मृतकमध्ये जीप चालक कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्रीबाहेक सबै जना २५ वर्ष हाराहारीका युवकयुवती छन् ।
उनीहरु सबैजसो हाल काठमाडौंमै बस्ने गरेको पुष्टि भएको छ। साथीहरु मिलेर दशैं बिदामा पोखरा, घान्द्रुक घुम्न आएका थिए । कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार कति जनाको टोली बनेर पोखरा आएका थिए भन्नेबारे अनुसन्धान भइरहेको छ ।
‘जीप रिजर्भ गरेर घान्द्रुक हिँडेका उनीहरु सबै एकै टोलीका साथीहरु रहेको बुझिएको छ । तर, कति जना आए । उनीहरु कहाँबाट कहाँ भनेर आएका हुन् भन्नेबारे परिवारलाई सम्पर्कमा ल्याई बुझ्ने काम भइरहेको छ ।’ – एसपी थापाले गण्डकन्यूजसँग भने– ‘बाँकी रहेका एक जना पनि घाइते भएकाले उनको स्वास्थ्यलाई मध्येनजर गर्दै थप कुरा सोधिसकेको छैन, बुझ्न बाँकी नै छ ।’ काठमाण्डौ ३ गोंगबु बस्ने वर्ष २० की देबिका घिसिङ घाइते भएकी हुन्।
एसपी थापासहित कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य पनि घटनास्थल पुगेर निरीक्षण गरेका थिए । शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याइएको छ ।
दुर्घटनामा ज्यान गुमाउने चालक ४२ वर्षीय खुसीमा क्षेत्री र एकजनाबाहेक सबै ७ जना २५ वर्ष हाराहारीका छन् । दुर्घटनामा मृत्यु हुनेमा जीप चालक काठमाडौं ३ गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीया सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशीष आले, २७ वर्षीय विनय क्षेत्री रहेका छन्।
काठमाडौंबाट बसमा आएका उनीहरु पोखरा बागलुङ राजमार्गको नयाँपुल हुँदै ग १ ज ६९०० नम्बरको बोलेरो जीप रिजर्भ गरी घान्द्रुक हिँडेका थिए। जीप घान्द्रुक नपुग्दै हुदु भन्ने ठाउँको कलभीरबाट डेढ सय मिटर तल मोदीखोलामा खसेको हो ।





तस्वीर/भिडियो: अमृत गुरुङको फेसबुकबाट
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो