‘सडक करको नाउँमा ठूलो राजश्व जम्मा हुन्छ तर, अवस्था कहिल्यै सुध्रिएन’ – संविधानविद् आचार्य

‘सडक करको नाउँमा ठूलो राजश्व जम्मा हुन्छ तर, अवस्था कहिल्यै सुध्रिएन’ – संविधानविद् आचार्य

Bhimarjun-Acharya

संविधानविद् भीमार्जुन आचार्यले सामाजिक संजाल मार्फत सडकको दुरावस्थाबारे असन्तुष्टि व्यक्त गरेका छन्।  उनले सडक करको नाममा ठूलो राजस्व सरकारी ढुकुटीमा जम्मा भइरहेपनि सडकको अवस्था कहिल्यै नसुध्रिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

“तीन-तीनवटा सरकार छन्। सडक करको नाममा ठूलो राजस्व जम्मा हुन्छ । तर, सडकको अवस्था कहिल्यै सुध्रिदैन । मुगु, अछाम, कास्की लगायतका ठाउँमा त्यत्रा दुर्घटनाहरू भए ।”

उनले आफू दशैँ मनाउन सडकमार्ग हुँदै गृह जिल्ला दाङ पुगेको बताउँदै बाटोको स्तर दिक्क लाग्दो रहेको लेखेका छन्। उनले अगाडि लेखेका छन् – ‘यही दशैँमा एकपटक प्रधानमन्त्री सडक बाटो हुँदै डडेल्धुरा र अरू उच्च पदका व्यक्तिहरू, सडकका हाकिमहरू पनि जनता हिंड्ने सडक बाटो हुँदै आ-आफ्ना पुर्ख्यौली घर गैदिए जनतासँग हिसाब बराबर हुने थियो । दशैंको शुभकामना !

स्मरणीय छ : यो हप्ता मात्रै अछाम, कास्की र मुगुमा भएको सडक दुर्घटनामा परी ४४ जनाले ज्यान गुमाएका छन् भने, दर्जनौंको संख्यामा घाइतेहरु उपचाररत छन्।

 

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ