पोखरा । साहित्यकार विजय बजिमयको आइतबार काठमाडौंमा निधन भएको छ । उनी विसं २०१४ चैत २३ मा पोखराको मोहरिया टोलमा जन्मिएका थिए । शारीरिकरूपमा जन्मजात अपांग भए पनि बजिमयले कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका छन् ।
सोमबार बिहान ८ बजे उनकै निवास महोरियाटोलबाट शवयात्रासहित अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । मोहोरिया टोलबाट नालामुख, तेर्सापट्टी, गिरिजाचोक, धर्मशीला वुद्धबिहार, नदीपुरचोक, कन्या क्याम्पस, बाल मन्दिर हुँदै तुलसीघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने भएको छ ।
बजिमयका अन्ततोगत्वा (कथासंग्रह) र समय भनेको समय हो (कवितासंग्रह) प्रकाशित छन् । समीक्षा साप्ताहिकमा संवाददाता बनेका वजिमयले फेवाताल (सामयिक संकलन), नौलो डाँको (साप्ताहिक), आँखीझ्याल (गोजिका) र पलाँस(गोजिका)सम्पादन तथा प्रकाशन गरेका थिए ।
बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहिसकेका छन् ।
नेत्र स्मृति पुरस्कार, मोती पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतका पुरस्कार उनले पाएका थिए । बजिमय पोखरा लायन्स क्लब र वागिना परिवारसँग पनि सम्बद्ध थिए ।
यसैबीच, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले शोक विज्ञप्ति निकालेर बजिमयको निधनमा दुःख व्यक्त गरेका छन् । बजिमय परिवारका पूर्वअध्यक्ष हुन् ।
अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि जन्मस्थल पोखरा ल्याइएको परिवार स्रोतले जनाएको छ । स्व. वजिमयको शवयात्रा उनकै निवास माेहरियाटोलबाट कार्तिक २९ गते बिहान ८ बजे निकालिने तयारी गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए । मोहरियाटोल, नालामुख, तेर्छापट्टि, गिरिजाचोक, धर्मशिला वुद्धविहार, नदिपुरचोक, कन्या क्याम्पस, बालमन्दिर हुँदै तुलसी घाटमा स्व. बजिमयको अन्त्येष्टि गरिने भुजेलले जानकारी दिए ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’