पोखरा । साहित्यकार विजय बजिमयको आइतबार काठमाडौंमा निधन भएको छ । उनी विसं २०१४ चैत २३ मा पोखराको मोहरिया टोलमा जन्मिएका थिए । शारीरिकरूपमा जन्मजात अपांग भए पनि बजिमयले कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका छन् ।
सोमबार बिहान ८ बजे उनकै निवास महोरियाटोलबाट शवयात्रासहित अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । मोहोरिया टोलबाट नालामुख, तेर्सापट्टी, गिरिजाचोक, धर्मशीला वुद्धबिहार, नदीपुरचोक, कन्या क्याम्पस, बाल मन्दिर हुँदै तुलसीघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने भएको छ ।
बजिमयका अन्ततोगत्वा (कथासंग्रह) र समय भनेको समय हो (कवितासंग्रह) प्रकाशित छन् । समीक्षा साप्ताहिकमा संवाददाता बनेका वजिमयले फेवाताल (सामयिक संकलन), नौलो डाँको (साप्ताहिक), आँखीझ्याल (गोजिका) र पलाँस(गोजिका)सम्पादन तथा प्रकाशन गरेका थिए ।
बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहिसकेका छन् ।
नेत्र स्मृति पुरस्कार, मोती पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार लगायतका पुरस्कार उनले पाएका थिए । बजिमय पोखरा लायन्स क्लब र वागिना परिवारसँग पनि सम्बद्ध थिए ।
यसैबीच, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले शोक विज्ञप्ति निकालेर बजिमयको निधनमा दुःख व्यक्त गरेका छन् । बजिमय परिवारका पूर्वअध्यक्ष हुन् ।
अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि जन्मस्थल पोखरा ल्याइएको परिवार स्रोतले जनाएको छ । स्व. वजिमयको शवयात्रा उनकै निवास माेहरियाटोलबाट कार्तिक २९ गते बिहान ८ बजे निकालिने तयारी गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए । मोहरियाटोल, नालामुख, तेर्छापट्टि, गिरिजाचोक, धर्मशिला वुद्धविहार, नदिपुरचोक, कन्या क्याम्पस, बालमन्दिर हुँदै तुलसी घाटमा स्व. बजिमयको अन्त्येष्टि गरिने भुजेलले जानकारी दिए ।
सम्बन्धित खबर
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
फेदीखोलामा राष्ट्रिय कोदो दिवस, स्थानीय परिकार र खेती प्रवर्द्धनमा जोड
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो