३० वर्षदेखि राजनीतिमा क्रियाशील युवा नेता उमेश कुमार थापाले नेकपा एमाले धादिङ जिल्ला कमिटिको उपाध्यक्ष पदमा दाबेदारी पेश गरेका छन् । यही पुस २३ गते नेकपा एमाले जिल्ला कमिटि धादिङको आठौं अधिवेशन हुँदैछ ।
मुलपानी, पोखरास्थित महेन्द्रोदय माविमा २०४८ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटि अध्यक्ष भएर राजनीतिमा अघि बढेका थापाले तीन दशकको राजनीतिक अनुभव बटुलिसकेका हुन् ।
युवा नेता थापाले अब जिल्ला कमिटिको उपाध्यक्ष पदमा आफू योग्य भएको भन्दै पार्टीमा अझै क्रियाशील रहँदै अघि बढ्ने अठोट लिएका छन् । पार्टीमा एकमत सिर्जना गरी सबैलाई समेट्दै अघि बढ्ने क्षमता आफूसँग रहेको भन्दै उनले पार्टी नेतृत्व र कार्यकर्ताले आफ्नो योगदानलाई सम्मान गर्ने विश्वास पनि लिएका छन् ।
अनेरास्ववियु धादिङ क्षेत्र नं. १ का अध्यक्ष, धादिङ जिल्ला कमिटिको विभिन्न पदमा रही अध्यक्ष, बागमती अञ्चल कमिटि सदस्य, राष्ट्रिय परिषद् सदस्य हुँदै केन्द्रीय कमिटिको सदस्यमा बसेर उनले विद्यार्थी आन्दोलन हाँकिसकेका छन् ।

यस्तै, नेकपा एमाले धादिङ काठमाण्डौ सम्पर्क मञ्चको सदस्य हुँदै सचिव, नेकपा एमालेका ईलाका कमिटि, क्षत्रीय कमिटी हुँदै जिल्ला कमिटीमा काम गरेको १८ बर्ष को अनुभव पनि युवा नेता थापासँग छ । मदन भण्डारी फाउण्डेशन जिल्ला शाखा धादिङको अध्यक्ष भएर समेत सफल कार्यकाल बिताइसकेका छन् ।
एमालेको बागमती प्रदेश कमिटी सदस्य पनि हुन् । उनी विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएर सामाजिक सेवामा पनि अग्रसर रहँदै आएका छन् ।

भद्र र शालिन व्यक्तित्वका रुपमा चिनिने युवा नेता थापा नेकपा एमाले पार्टीलाई संकट बेलामा पार्टी जोगाउनको लागि अग्रिम मोर्चामा डटेर काम गर्दै आएका छन् । एमाले पार्टीलाई संकट र अफ्ठ्यारो परेको बेलामा युवा नेता थापा सधैं अग्रमोर्चामा रहेर खटिँदै आएका छन् ।

उमेश कुमार थापा जिल्लामा लोकप्रिय नेताको रूपमा स्थापित छन् । सबैको कुरा सुन्ने तर कम बोल्ने प्रवृत्तिका थापाले आफू सर्वसम्मत् उपाध्यक्षमा निर्वाचित हुने विश्वास लिएका छन् ।

३० वर्षसम्म योगदानको तुलनामा अवसरबाट वञ्चित रहेका थापाले पार्टीका लागि त्याग गर्दै आएका छन् । अविछिन्न अविचलित रही पार्टीका निम्ति काम गर्दै आएका थापा पार्टीको कुशल संगठक हुन् ।










सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
सुरेश बानियाँले ल्याए ‘माइतीको देशैमा’ [भिडियो]
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’