नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेतलाई चयन गरिएको छ । पोखरामा जारी नवौं महाधिवेशनबाट बस्नेतलाई अध्यक्षमा पुनः निर्विरोध निरन्तरता दिइएको हो । यसअघि २०७३ सालमा बस्नेत सर्वसम्मत अध्यक्षमा चुनिएका थिए ।
अध्यक्ष मण्डलले अध्यक्षमा बस्नेतसहित सबै पदाधिकारी, सदस्यहरु, आयोग पदाधिकारीको नाम टुंगाएको हो । निर्वाचन समितिले आइतबार विहान ८ बजेपछि मात्रै नामहरु औपचारिक घोषणा गर्नेछ ।
उपाध्यक्षमा गणेश पाण्डे, सबिन प्रियासन, राजेश राई र देवीका घर्ती चयन भएका छन् । महासचिवमा हिरामान लामा चुनिए । उपमहासचिव शुरोजंग पाण्डे र राजु सुवेदी बने । कोषाध्यक्षमा ईन्द्र आचार्य दोहोरिएका छन् ।
सचिवमा विक्रम लुईंटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिवल्लभ नेपाल चयन भएका छन् । सुष्मा गण्डकी प्रदेशबाट सचिवमा चयन भएकी हुन् ।
पदाधिकारी हैसियतको आयोगहरुको अध्यक्षमा अनुशासनतर्फ नवराज महतारा, लेखामा सटेन्द्र जवेगु र निर्वाचन आयोगमा गणेश खनाल चयन भएका छन् ।
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा माधव बराल, भीमलाल श्रेष्ठ, हिमलाल पराजुली, तारानाथ आचार्य, प्रकाश पौडेल, हिमालदेव पंगेनी, जमुना वर्षा शर्मा, कविता श्रेष्ठ र बेलिना थापा चयन भए । माधव, जमुना र कविता कास्कीका हुन् ।
सम्बन्धित खबर
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधि
रास्वपाको पोखरामा फागुन १० गते तयारी गरिएको सभा अचानक स्थगित
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?