नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा पुनः गणेश बस्नेतलाई चयन गरिएको छ । पोखरामा जारी नवौं महाधिवेशनबाट बस्नेतलाई अध्यक्षमा पुनः निर्विरोध निरन्तरता दिइएको हो । यसअघि २०७३ सालमा बस्नेत सर्वसम्मत अध्यक्षमा चुनिएका थिए ।
अध्यक्ष मण्डलले अध्यक्षमा बस्नेतसहित सबै पदाधिकारी, सदस्यहरु, आयोग पदाधिकारीको नाम टुंगाएको हो । निर्वाचन समितिले आइतबार विहान ८ बजेपछि मात्रै नामहरु औपचारिक घोषणा गर्नेछ ।
उपाध्यक्षमा गणेश पाण्डे, सबिन प्रियासन, राजेश राई र देवीका घर्ती चयन भएका छन् । महासचिवमा हिरामान लामा चुनिए । उपमहासचिव शुरोजंग पाण्डे र राजु सुवेदी बने । कोषाध्यक्षमा ईन्द्र आचार्य दोहोरिएका छन् ।
सचिवमा विक्रम लुईंटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोग्सरी कुँवर र हरिवल्लभ नेपाल चयन भएका छन् । सुष्मा गण्डकी प्रदेशबाट सचिवमा चयन भएकी हुन् ।
पदाधिकारी हैसियतको आयोगहरुको अध्यक्षमा अनुशासनतर्फ नवराज महतारा, लेखामा सटेन्द्र जवेगु र निर्वाचन आयोगमा गणेश खनाल चयन भएका छन् ।
गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा माधव बराल, भीमलाल श्रेष्ठ, हिमलाल पराजुली, तारानाथ आचार्य, प्रकाश पौडेल, हिमालदेव पंगेनी, जमुना वर्षा शर्मा, कविता श्रेष्ठ र बेलिना थापा चयन भए । माधव, जमुना र कविता कास्कीका हुन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ