अश्विन दानी, गोरखा । छोराले वृद्धा आमालाई करणी गरेको विर्सनलायक घटना सेलाउन नपाउँदै फेरि गोरखामा वृद्ध बाबुले आफ्नी छोरीलाई बलात्कार गरेको घटना बाहिरिएको छ ।
गोरखा नगरपालिका १३ का ६५ वर्षीय बाबुले १४ वर्षकी छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा आइतबार मुद्दा दर्ता भएको छ । उक्त वृद्धले जबर्जस्ती करणी गरेको भेटेपछि गत शुक्रबार गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।
वृद्धविरुद्ध मुद्दा दर्ता भई जिल्ला अदालत गोरखाबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको महिला तथा बालबालिका सेवा केन्द्र गोरखाकी प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । अनुसन्धानका क्रममा आरोपी बाबुले जबर्जस्ती करणी गरेको स्वीकारेको उनले बताईन् ।
‘बाबुले शारीरिक सम्बन्ध भएको स्वीकारेको छ’, नरालले भनिन् ‘घर लामो टहरो रहेछ । पीडित किशोरी पनि सामान्य सुस्त रहिछन्। घरमा आमा र बाबुबाहेक अरू सबै जना सुस्त मनस्थितिका रहेछन्। सबै सँगै सुत्दारहेछन्।’
प्रहरी निरीक्षक नरालले यिनलाई पटक पटक करणी गर्ने गरेको बताइन्। ‘उनकी श्रीमतीले यसो नगर भन्दा पिट्ने गरेको रहेछ । अस्ति गाउँलेले हाम्रो मझुवा प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौँ’, उनले भनिन्।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा