पोखरा। सवारी दुर्घटना पछि ट्रक चालक कुट्ने व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी जिल्ला घर भइ हाल पोखरा महानगरपालिका -१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिन बहादुर मगर रहेका छन्।
गत शनिबार पोखरा-बागलुङ सडक खण्ड अन्तर्गत पर्ने पोखरा -५ फिर्केस्थित ट्रक र मोटरसाईकल दुर्घटना हुँदा मोटरसाइकल चालक मगरले ट्रकका चालकलाई कुटपिट गरेका थिए। कुटाई खाने ट्रकका चालक बाराका ३२ वर्षीय नवराज कार्की हुन्।
मगरले कुटपिट गरेको भिडियो सामाजिक संजालमा समेत भाइरल बनेको थियो। भिडियोमा कुटाई खाने चालक कार्कीले बिलौना गरी माफ माग्दै बचाउन आग्रह गरिरहँदा पनि मगरले लगातार उनीमाथि मुड्की बजारेको देख्न सकिन्छ। भिडियोमा सामाजिक संजाल प्रयोगकर्ताले चासो र चिन्ता व्यक्त गर्दै कुटपिट गर्ने मोटरसाइकल चालक विरुद्ध कारवाही हुनुपर्ने माग गरेका छन् । कुटपिटबाट घाइते कार्की गण्डकी मेडिकल कलेजमा उपचारपछि डिस्चार्ज भएका छन्।
उता, चालक कुटिएको घटनामा दोषीमाथि कडा कारबाही गर्न ट्रक चालकहरुले पनि माग गरेका थिए। ट्रक चालकहरुको संस्था स्वतन्त्र चालक समाज सिमरा, सवारी चालक समाज धादिङ तथा नेपाली सवारी चालक समाज काठमाडौंले घटनामा दोषीमाथि कडा कारबाही नभए आगामी बैशाख १६ गतेदेखि आन्दोलन सुरु गर्ने जनाएका थिए।
घटनामा पीडितको जाहेरी पश्चात जिल्ला प्रहरी कार्यालय कास्कीले कुटपिट गर्ने चालक मगरलाई नियन्त्रणमा लिएर शान्ति सुव्यवस्था तथा नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा जिल्ला अदालतबाट १० दिन म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।
यस्तो छ पीडितको जाहेरी


सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा