काठमाडौँ । कलाकारहरू भुवन केसी, रविन्द्र खड्का र श्वेता खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।
पार्टीमा प्रवेश गराउदै प्रधानमन्त्री देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका छन् ।
भुवन र रविन्द्र एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । २०७० सालको निर्वाचनमा भुवन केसीले एमालेबाट काठमाडौँ १ बाट प्रत्यक्षतर्फ टिकट समेत पाएका थिए । तर, पार्टीमा कुनै योगदान नगरेको व्यक्तिलाई टिकट दिएको भन्दै नेता–कार्यकर्ताले विरोध जनाएपछि पार्टीले २४ घन्टामै उनलाई दिएको टिकट खोस्यो । त्यसपछि उनको एमालेसँग सम्बन्ध विक्षेद नै भएको थियो ।
पछिल्लो समय उनी राप्रपामा प्रवेश गर्न लागेको चर्चा चलेको थियो । उनले केही चरण राप्रपा अध्यक्षसँग छलफल समेत गरेका थिए । तर, भुवनले आउँदो संसदीय निर्वाचनमा समानुपातिक सांसद् बनाउनु पर्ने माग राखेपछि वार्ता भाँडिएको थियो । यसपछि उनी स्वागत नेपालको पार्टीबाट काठमाडौंको मेयर पदमा उठ्ने तयारीमा थिए । तर, पछि उनले उम्मेदवारी नदिने घोषणा गरे ।
यस्तै, पुराना अभिनेता रविन्द्र खड्का यसपटकको स्थानीय तहको निर्वाचनमा एमालेबाट काभ्रेको पनौती नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा समेत गरेका थिए । तर, पार्टीले उनको उम्मेदवारी घोषणालाई अत्यन्त हलुका रुपमा लिएपछि उनले एमाले छाडेर नेपाली कांग्रेस रोजेका हुन् । उनी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष समेत हुन् ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, माइती नेपालकी अध्यक्ष कोइराला, निर्देशक नीर शाह र विजयेन्द्र रावत पनि सहभागी थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ