गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
सुर्खेत । दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा बुधबार राति दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका–९ पदुकाका ३५ वर्षीय काशिराम पाण्डे, ३० वर्षीय धीरेन्द्र सुनार, कालिकोट पलाँता गाउँपालिका–३ का ३३ वर्षीय ज्ञानबहादुर बम र पलाँता गाउँपालिका–३ कै ३२ वर्षीया धनकला शाही रहेका छन्।
दुर्घटनामा परी घाइते भएका ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र अन्य ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ। बसमा कति सवार थिए भन्ने एकिन तथ्याङ्क छैन।
बस सडकबाट झण्डै ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको हो।
बस दुर्घटनाको कारण भने अहिलेसम्म खुलिसकेको छैन।
सम्बन्धित खबर
आज देशभरको मौसम कस्तो रहन्छ?
आजको मौसम पूर्वानुमान
एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय
हराएका शताब्दीऔँ मूर्ति अमेरिकाबाट नेपाल पठाइयो
सर्लाहीको बाराउद्योरण गाउँमा आगलागी, ६५ घर जलेर नष्ट
आजको मौसम पूर्वानुमान
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग