मुस्ताङ | हिमाल पारीको जिल्ला मुस्ताङमा ११ औं गणतन्त्र दिवसको अवसर पारेर -याली निकालिएको छ | मुस्ताङ एयरपोर्ट देखि सुरु भएको र्याली जिल्ला समन्वय समितिको सभाहलमा पुगेर मंच कार्यक्रममा परिणत भएको थियो |
गणतन्त्र दिवस जिल्ला समारोह समिति मुस्ताङको आयोजनामा निकालिएको उक्त र्यालीमा स्थानीय जन प्रतिनिधि,सरकारी कार्यालयका कर्मचारी,उद्योग बाणिज्य संघका प्रतिनिधि,आमा समुह,पत्रकार,राजनैतिक दलका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति थियो |
बिभिन्न संघर्ष र जन आन्दोलनको उपज स्वरूप लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको र आज सम्म आइपुग्नु ठुलो उपलब्धि भएको अधिकांश बक्ताहरुको जोड थियो | कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले आजै देखि शुशासन र बिकासको लागि आफ्नो स्थानबाट सबैले प्रण गर्नुपर्ने बताए |
त्यस्तै कार्यक्रमको सभापतित्व समेत ग्रहण गरेकी जिल्ला समन्वय समिति प्रमुख छिरीङ ल्हामो गुरुङले आज सम्मको उपलब्धिले अब सम्वृद्धिको बाटो खुल्ला गरेको बताइन| कार्यक्रममा घरपझोङ गाउँपालिका उपाध्यक्ष,जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष लगायतले आफ्नो भनाई राखेका थिए |
सम्बन्धित खबर
लोमान्थाङबाट झण्डै छ सय कार्टुन विद्युतीय चुरोट बरामद, तीन जना पक्राउ
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु