पोखरा महानगरपालिका वडा नं -१५ ले ‘महिला तथा बालबालिका सचेतना’ कार्यक्रम सम्पन्न गरेको छ। वडामा बसोबास गर्ने महिला तथा बालबालिकाका हक अधिकार, कानुनी सचेतनाका साथै महिला बालबालिका माथि हुने हिंसा र दुर्व्यवहारबारे ज्ञान प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा -१५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले महिला तथा बालबालिका विरुद्ध हुने घरेलु हिंसा,अधिकार र कानुनी सचेतनाबारे जो कोही जानकार हुनुपर्ने बताए। उनले यसबारे सूचना प्रदान गर्न र वडामा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आगामी बजेटमा पनि प्राथमिकतामा राखिएको बताए।

कार्यक्रममा पोखरा महानगरपालिकाका न्यायिक समितिका सल्लाहकार राममणि अधिकारीले महिला सचेतनाका बारेमा बोल्दै समाजमा बस्दा आइपर्ने विविध समस्याहरूका बारेमा महिलाले गर्नुपर्ने सहजिकरणका साथै विवाद समाधानका लागि चाल्नु पर्ने कदमहरूका बारेमा जानकारी दिए। उनले विवाद आइपरेमा दोहरो पक्षको कुरा सुन्ने, न्याय अन्याय छुट्याउने, छिमेकीसँग कुरा गर्ने र विवाद समाधानका उपाय निकाल्नु पर्नेमा जोड दिए।
यस्तै, प्रशिक्षक भोलानाथ पौडेलले बाल अधिकारका बारेमा बोल्दै बालबालिकाको संरक्षण, पालन पोषण, शिक्षा लगायत चेतना अभिवृद्धिका लागि ध्यान दिनुपर्ने बताए। उनले ‘बच्चाले जे भोग्छ, त्यही सिक्छ’ भन्दै भविष्यमा बालबालिकालाई कस्तो बनाउने भन्ने जिम्मेवारी बाबुआमा तथा संरक्षकको हातमा रहने भन्दै उनीहरूको बाल मस्तिष्क अनुकूल वातावरण सृजना गर्नुपर्नेमा जोड दिए। पौडेलले बालबालिकालाई दिइने यातना, बालबालिका अनुकूल न्याय, जोखिममा रहेका बालबालिकाको संरक्षण, उनीहरूको अधिकार र दायित्वबारे सचेतना बाँडे।

कार्यक्रममा पत्रकार अधिवक्ता तथा सामाजिक अभियन्ता शुष्मा पौडेलले ‘आज खुसी हुन नसक्ने मानिस संधैभरी खुसी रहन नसक्ने’ भन्दै खुसी रहन अपनाउनुपर्ने उपायहरू बारे बताइन्। मानिस जन्मिएर जान्ने बुझ्ने भएपछि मृत्यु पर्यन्त खुसीको आसमा बस्ने गरेको भन्दै खुसी कसैले नदिएर आफै भित्र खोज्नुपर्ने बताइन्। उनले कानुनी संविधान चिन्नुपर्ने भन्दै महिला हिंसाबारे महिलाहरू नै सचेत भएर हक अधिकारको बारेमा जानकारी राख्नुपर्नेमा जोड दिइन्।
कार्यक्रमको संयोजन कार्यपालिका सदस्य मन्दिरा परियारले गरेकी थिइन्। भने,सदस्यहरु सेतीमाया गुरुङ, आशिष भण्डारी र वलराम पौडेलले सहजीकरण गरेका थिए।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?