पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्य कृषकको बारी र पाखोमै पुगेर उनीहरुका समस्या र सम्भावनाको बारेमा जानकारी लिएका छन् । मंगलबार विहान महानगरको वडा नम्बर २१ का किसानको पाखोबारीमै पुगेर उनले कृषकका समस्याको बारेमा जानकारी लिएका हुन् । निर्वाचनको बेला समेत घरदैलोमा नटेकेका मेयर आचार्यलाई आफ्नो बगैचा र आँगनमा भेट्दा पोखरा २१ का सुन्तला कृषक खुशी देखिन्थे ।
आठ रोपनी भन्दा बढी जमिनमा सुन्तला खेति गरेका कृषक रुद्धलाल सुवेदीले आफ्नो बँगैचामा विना असिना सुन्तला झरेको भन्दै मेयर आचार्य घरमै पुगेको बेला चिन्ता प्रकट गरे । ‘यसपाली असिना पनि झरेको छैन । तर किन हो मेयरसाप सुन्तला अत्याधिक झरेको छ । आज तपाईलाई घरमै भेट्न पाइयो यसको सामाधान खोजिदिनुपर्ने भयो’ उनले भने । मेयर आचार्यले आफूसंगै पुगेका महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरियालाई कारण समाधान के हुन सक्छ बताउन भनेसंगै कडरियाले तीन वटा अवस्थामा सुन्तला झर्नसक्ने जानकारी दिए ।

उनका अनुसार सुरुमा सुन्तला फल्ने बित्तिकै बढ्न प्रतिस्पर्धा गर्नेहुँदा झर्छ । दोस्रो कारण सुख्खाका कारण पनि सुन्तला झर्छ । जेठ महिनामा अधिक वर्षाका कारण पनि सुन्तला झर्छ तर, जेठमा अधिक वर्षाले सुन्तला झर्नु सामान्य रहेको र यसबाट डराउन नपर्ने उनले बताए । साउन लागेपछि पतेरोका कारण सुन्तला झ¥यो भने त्यो चिन्ताको विषय हुने उनले सुनाए । सुन्तला बँगैचा घुम्ने क्रममा स्थानीय कृषकले सुन्तलाको फेद कुहिने, बोट मर्ने र सुन्तला झर्ने लगाएतका समस्या राखेका थिए । त्यहाँका किसानले पानीको व्यवस्थापन हुन सके सुन्तला र अन्य फलफूल र तरकारीको उत्पादन समेत बढ्ने र विस्तार हुने जानकारी गराएका थिए ।
उक्त अवसरमा कृषि महाशाखा प्रमुख कडरियाले समस्या समाधानका उपाए बताएका थिए । उनले मल्चिङ र यसको फाइदा लगायतका विषयमा कृषक र मेयर आर्चायका साथै महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याललाई जानकारी दिएका थिए । महानगरबाट प्रदान गरिएको अनुदान र त्यसको उपयोगका विषयमा समेत उनले जानकारी दिए ।
मेयर आचार्य पोखरा २१ मा ६० वर्षीय कृषक ज्ञानबहादुर कार्कीले गरेको खर्बुजा खेतीको पनि अबलोकन गरे । कृषक कार्कीले खर्बुजा खेतीमा व्यापक सम्भवाना रहेको तर पानीको स्रोत व्यवस्थापनमा समस्या रहेको जानकारी गराए । १४ वर्ष स्पेन बसेर चार वर्ष अगाडि नेपाल फर्केका कार्कीले अहिलेको सिजनमा तीन रोपनी क्षेत्रफलमा खर्बुजा लगाएकामा पाँच हजार किलो बेचेका छन् ।
अहिले बारीबाट नै ७० रुपैयाँ प्रतिकेजीमा बजारबाट व्यापारी पुगेर ल्याउने गरेको उनले जानकारी दिए । मेयर आचार्य पोखरा २१ मा बिहान कृषक सम्मान र अनुदान वितरण गर्ने कार्यक्रमका लागि पुगेका थिए । विहान झण्डै ९ बजे सुरु हुने कार्यक्रमका क्रममा उनी त्यसको दुई घण्टा अगाडि नै किसानका पाखोबारीमा बिना जानकारी किसानको पाखो बारीमा पुगेका हुन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु