पोखरा, ६ कार्तिक / प्रायः सवारी दुर्घटना ओभरटेकका क्रममा हुन्छ । असावधानी र लापरबाहीले सडकबाट उछिटिन्छन् । त्यतिमात्र होईन, अगाडिको सवारीले एक्कासी ब्रेक लगाउँदा पछाडीको सवारी ठोक्किएर पनि दुर्घटना हुन्छ । यसका लागि सवारी चालकले आफूभन्दा पछाडीको सवारी समेत हेरेर सावधानीपूर्वक गति सीमित गर्नुपर्दछ ।
तनहुँमा बस एक्कासी स्पीड कम गर्दा स्कुटर बस मुनि छिर्न पुगेको छ । हेल्मेटका कारण टाउको सोझै बसको पछाडी भागमा ठोक्किन पाएन र भाग्यवश ज्यान जोगिएको छ ।
तनहुँ शुक्लागण्डकी नगरपालिकाको दुलेगौडामा ग५प २३१७ नम्बरको स्कुटर ठक्कर खाँदा स्कुटर चालक ठूलो दुर्घटनाबाट जोगिएका छन् ।
रुपन्देहको लुम्बिनी गाउँपालिका वडा नंं ७ का १९ वर्षिय विवेक काफ्ले तिहार मनाएर पोखरा फर्कदैं गर्दा ग १ ख ५२४७ नम्वरको मिनिबसको पछाडी पट्टि ठक्कर खान पुगे । प्रहरीका अनुसार उनको गाला र नाकमा चोट लागेको छ ।
गालामा टाका लगाइएको तनहुँ सेवा हस्पिटलले जनाएको छ । इलाका प्रहरी कार्यालबाट ट्राफिक प्रहरी प्रसाद ढकालको नेतृत्वमा तत्काल दुर्घटनास्थलमा प्रहरी पुगेको थियो ।
घाईतेको दुलेगौडाको तनहुँ सेवा हस्पिटलमा उपचार गरिएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा