पोखरा, असोज ६ । पोखरामा बार्षिक डेढ अर्व भन्दा बढीको खसीबोका र च्याङ्ग्र विक्रि हुन्छ । बर्षमा झण्डै १ लाख हाराहारी खसीबोकाको ब्यापार हुने पोखरामा २५ हजार जति भेडा च्याङ्ग्रा बेचिन्छन् । मूल्य हिसाव गर्दा बर्षमा पुगनपुग २ अर्ब खसीबोका र भेडाच्याङ्ग्राको मासुमा खर्च हुन्छ । पोखरामा खपत हुनेमध्ये ३० प्रतिशत भन्दा बढी खसीबोका भारतबाट आयात गरिन्छन् । बर्षमै करिब ५० करोड रुपैयाँ पोखराले मासुका लागि भारत पठाउँछ । पोखरा आसपासमा खसीबोका पाल्ने किसान नभएकै कारण भारतबाट भित्र्याउनुपर्ने बाध्यता रहेको खसीबोका ब्यवसायी संघ कास्कीका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठ बताउँछन् ।
‘पेरिफेरीबाट पोखरामा खसीबोका खासै आउँदैनन् । कास्की पर्वत तिरका किसानले किसानी गर्नै छोडिसके, उनले भने–भारतको माल नझारे पोखराको माग धान्न सक्दैनौं । यो हाम्रो बाध्यता भैसक्यो ।’ श्रेष्ठका अनुसार पछिल्लो समय पोखरामा मासुको माग बढ्दै गएको छ । दिनहु हुने बसाईसराई र मासु संस्कारको विकास भएकै कारण खपत पनि बढी भएको उनको भनाई छ । पोखरामा भारत सहित पश्चिम नेपालका दाङ, सुर्खेत, गुलरिया, बर्दिया, धनगडी, नेपालगञ्ज लगाएतका जिल्लाबाट खसीबोका आयात भैरहेको छ । भारतबाट मासु आयात गर्नुपर्ने भएपनि सकेसम्म स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिने गरेको श्रेष्ठले बताए । ‘दशैंका बेला मुस्ताङका भेडाच्याङ्ग्रा बढी बेचुन् भन्ने हाम्रो चाहाना छ । त्यसैले च्याङ्ग्राको उत्पादनलाई हेरेर खसीबोका भित्र्याउँछौं, उनले थपे–किसानलाई मार पार्नु हुँदैन । सरकारको ध्यान नेपालमै किसानी बढाउने तिर जानुपर्छ ।’
ठूला चाडपर्व नजिकिएपछि पोखराको बजारमा भेडाच्याङ्ग्रा र खसीबोका धमाधम भित्रिन थालेका छन् । बिशेषगरी दशैंमा मासुजन्य बस्तुको ब्यापार बढी हुन्छ । यो बर्षको दशैँका लागि पोखरामा २५ हजार च्याङ्ग्रा भित्रिनेछन् भने १३ हजारको हाराहारीमा खसीबोका भित्रिन्छन् । ब्यापारीहरुले मुस्ताङ लगाएतका हिमाली क्षेत्रबाट च्याङ्ग्रा ल्याएका हुन् । पोखरा सहित आसपासका क्षेत्रलाई लक्षित गरी अघिल्लो बर्षभन्दा ४ हजार बढी च्याङ्ग्रा पोखरा भित्रिने अनुमान छ । दशैंमा अत्यधिक खोजि हुने हिमाली क्षेत्रका च्यांग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँछन् । ‘पोखरामा च्याङ्ग्रा संस्कार बढेको छ । बर्षभरिमा एक महिना मात्रै आउने भएकाले पनि यसतर्फ उपभोक्ता लोभिन्छन्, ब्यवसायीहरु भन्छन्–हिमाली जडिबुटी खाएर हुर्केका भेडाच्याङ्ग्रा स्वादिलो र स्वास्थ्यलाई पनि फाईदाजनक हुन्छ ।’
पछिल्लो समय च्याङ्ग्रा भनेर भुत्ले खसी बेच्ने गिरोह सक्रिय भएको भन्दै यसले आफ्नो ब्यवसायमा नै समस्या हुन थालेको ब्यापारी ज्यामसेर अलिले बताए । ‘जाजरकोट र दार्चुलामा ८–१० बर्षदेखि नविकेका खसीबोका पोखरा भित्रिन थालेको छ । लामो समय पालेपछि रौं लामा हुने र छिर्केमिर्के भएका कारण च्याङ्ग्रा जस्तै देखिन्छन्, उनले भने–नक्कली च्याङ्ग्राले उपभोक्ता ठगिनुहोला । होसियारी साथ किन्नुहोला ।’ उनका अनुसार पोखरा हुँदै झण्डै ५ हजारको हाराहारीमा भेडाच्याङ्ग्रा काठमाण्डौ, चितवन लगाएतका शहरमा पु¥याईन्छन् । मुस्ताङबाट झारिएका च्याङ्ग्रा केही ब्यवसायीले हेमजा ल्याईसकेका छन् भने केही बाटैमा छन् । केही दिनभित्रै पोखरा आईसक्ने ब्यवसायीहरुले बताएका छन् । यो बर्ष प्रति च्याङ्ग्राको मुल्य २५ देखि ३२ हजारसम्म पर्छ । भेडा चाहीँ १९ को हाराहारीमा बिक्रि गर्ने ब्यवसायी बताउँछन् ।
आयात बढ्ने भएपछि पोखरामा खसीबोकाको मूल्य भने खासै फेरबदल भएको छैन । गत बर्ष ४ सय २५ रुपैयाँ प्रति किलो बिक्रि गरेका ब्यवसायीले यो बर्ष पनि उही मुल्यमा बेच्नेछन् । खसीको अवस्था हेरी केही घटबढ हुन सक्ने खसीबोका ब्यवसायी संघ कास्कीले जनाएको छ । ‘चाडबाडमा खसीबोकाको मूल्य बढ्न नदिन हामी दिनरात खटिरहेका छौं । यसले उपभोक्तालाई धेरै राहत गर्नेछ, समितिका अध्यक्ष ज्ञान बहादुर श्रेष्ठले भने–यो बर्ष बाख्रा भित्र्याउन पूर्ण प्रतिबन्ध लगाएका छौं । यसले उपभोक्ता झुक्किने सम्भावना पनि कम हुन्छ ।’ दशैँमा मासु बिक्री बढी हुने भएकाले व्यवसायीहरूले कालोबजारी गर्ने गरेका गुनासो यसअघि देखि नै सुनिँदै आएको छ । तर यो बर्ष त्यसलाई पुरै निर्मुल पार्ने तयारी समितिको छ । यो बर्षपनि बिशेष गरी पोखरा खसी बजारबाट खसी बोकाको बिक्री हुनेछ । यसबाहेक कुखुरा, बंगुर र राँगाभैंसी पनि दशैंमा उसैगरी खपत हुनेछन् ।
छनौट कसरी गर्ने
पशु चिकित्सकले मासुका लागि स्वस्थ पशुपंक्षी मात्रै प्रयोग गर्न सुझाव दिएका छन् । आँखा चम्किलो भएको र टाठो चौपाया मात्रै खरिद गर्न उनीहरुको सुझाव छ ।
बाहिरी क्षेत्र नाक र मुखबाट सिगान र ¥याल बगेको, पातलो दिसा गरी शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमणबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम, गिँजा र खुट्टाको खुरमा घाउ, लरखराउने, झोक्राउने, सुस्त, दुब्लो, आँखामा चिप्रा वा रातो आँखा, छिनछिनमै दिसा गर्ने, खुट्टाको सहयोगले भुइँ कोट्टयाउने, घरिघरि आकाशतर्फ फर्केर घुम्दै कराउने र लड्नेजस्ता लक्षण भएका खसीबोका खरिद गर्न नहुने जिल्ला पशु सेवा कार्यालय कास्कीका प्रमुख डा. पुरुषोत्तम त्रिपाठीले बताए ।
कार्यालयले निमोनिया, ज्वरो र डायरियाजस्ता सामान्य तथा खोरेत, पीपीआर, क्षयरोग, रेबिज र घुमाउने रोग लागेका खसीबोकालाई विशेष निगरानीमा राखेर उपचार गर्नेछ । यसमध्ये निमोनिया, ज्वरो र डायरियाबाट प्रभावित भएका खसीबोकालाई उपचारपश्चात् स्वस्थ भएमा पुनः बिक्रीका लागि बजार पठाइनेछ । तर खोरेत, पीपीआर, रेबिज, घुमाउने र क्षयरोग लागेका खसीबोकालाई विक्री गर्न प्रतिबन्ध लगाईने त्रिपाठीले बताए । यस्ता रोगबाट प्रभावित खसीबोकाको मासु सेवन गर्दा मानिसको शरीरमा पनि त्यस्तै खालको रोग सर्ने प्रबल सम्भावना हुने चिकित्सक बताउँछन् ।
(प्रकाश ढकालले DNA Nepal मा लेखेको न्युज । आधिकारिक लिन्क पोखरालाई बर्षमै २ अर्वको खसीबोका
सम्बन्धित खबर
पोखरा लेकसाइडमा खुल्यो जापानी आतिथ्यसहितको ‘UNPLAN Pokhara Hotel and Retreat’
सिटिजन फर्निचरमा दसैँतिहार अफर, ३० प्रतिशतसम्म छुट
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
सहकारीले अब ऋण दिँदा १३ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने
Changan NEVO Q05 शुक्रबार पोखरामा सार्वजनिक हुँदै, Deepal Showroom बाट ४ दिनसम्म टेस्ट ड्राइभ गर्न पाइने
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
कास्कीबाट काँग्रेस महाधिवेशनमा पदाधिकारीसहित १० जनाको उम्मेदवारी
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु