आइसिसी पुरूष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने

आइसिसी पुरूष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने

default

default

आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ नेपालमा हुने भएको छ।

आउँदो डिसेम्बर ४ देखि २१ सम्म उक्त प्लेअफ नेपालमा हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। हालै नेपालले विश्वकप लिग-२ सिरिजमा नेपालले छैटौं स्थान हासिल गरेको छ।

योसँगै नेपालले एकदिवसीय विश्वकप खेल्ने आशा जीवितै राखेको हो।

नेपालमा छनोट प्लेअफ हुने भएपछि एकदिवसीय विश्वकप खेल्ने नेपालको सपना अझै जीवित रहेको क्यानका सचिव पारस खड्काले बताएका छन्।

खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार नेपाली टोलीको एकदिवसीय विश्वकप खेल्ने सपना अझै जीवित रहेको बताएका हुन्।

‘हाम्रो एकदिवसीय विश्वकप खेल्ने सपना अझै जीवित छ। अगाडि बढौँ, केटाहरू। हामी निरन्तर अघि बढ्दै, विश्वास गर्दै र अझ उच्च लक्ष्य राख्दै जानेछौँ। एकपछि अर्को कदम चाल्दै ठूलो सपनातर्फ अघि बढ्नेछौँ,’ उनले लेखेका छन्।

नेपालले घरेलु मैदानमा आयोजना गर्ने छनोट प्लेअफमा राम्रो प्रदर्शन गर्दै विश्वकप छनोटको यात्रालाई अघि बढाउने अवसर पाउनेछ।

आइसिसीको लिग–२ संरचनाअनुसार प्रतियोगिताको शीर्ष चार टोली क्रिकेट विश्वकप छनोटमा पुग्छन्। नेपालले लिग–२ को अन्तिम चरणमा शीर्ष चारमा स्थान बनाउन सकेको भए विश्वकप छनोटमा सिधै पुग्थ्यो। तर शीर्ष चारमा पुग्न नसके पछि नेपालले क्रिकेट विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने भएको हो।

लिग–२ का पुछारका चार टोली र आइसिसी च्यालेन्ज लिगबाट आउने चार टोली गरी आठ टोलीबीच प्लेअफ हुनेछ। त्यसबाट चार टोली क्रिकेट विश्वकप छनोटमा पुग्नेछन्। आइसिसीले प्लेअफलाई विश्वकप छनोटतर्फ जाने पुनः अवसरका रूपमा राखेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ