पोखरा, १ कार्तिक । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमु्ख कर अधिकृतका रुपमा केशवकुमार उप्रेती पोखरा आएका छन् । पोखरा उद्योग वाणिज्य संघले नवआगन्तुक प्रमुख कर अधिकृत उप्रेतीलाई स्वागत तथा सम्मान गर्न राखेको कार्यक्रममा उनले स्पष्ट साथ कुराहरु राखे ।
उप्रेतिले कर प्रशासनले उद्योगी/व्यवसायीलाई अनावश्यक दुृःख नदिने तर कर नतिर्नेहरुलाई कानून अनुसार कसैलाई छुट पनि नदिने बताउनुभयो । नेपाल सरकारले उद्योगी/व्यवसायीलाई विश्वास गरेर स्वयं कर निर्धारणको अधिकार दिएको बताउँदै उहाँले पैसा कमाएपछि त्यसको स्रोत देखाउनु पर्ने वाध्यकारी नियमलाई ध्यान दिन व्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो ।
कास्की जिल्लाले देशको कुल राजश्वमा करिब एक प्रतिशतको मात्र योगदान गरेको चर्चा गर्दै प्रमुख कर अधिकृत उप्रेतीले यहाँका होटलहरुले कम राजश्व तिरेको जिकिर समेत गर्नुभयो ।
‘यहाँबाट मूल्य अभिवृद्धि कर( भ्याट) मा थोरै मात्र योगदान छ,यहाँका १७ वटा मात्र होटलले एक लाखभन्दा बढी भ्याट तिर्छन्, त्यो पनि ५ लाखभन्दा बढी छैन’, उहाँले भन्नुभयो,‘लेकसाइडभर पर्यटक भरिभराउ देखिन्छन्, यहाँका होटल व्यवसायीलाई अनुगमन नपुगे जस्तो छ ।’ उहाँले दायरा बढाउँदै करको दायरामा नआएका व्यवसायीलाई पनि करको दायरामा ल्याउनको लागि विशेष कार्यक्रम संचालन गरिने जानकारी पनि दिनुभयो । पोके व्यापारी नियन्त्रणको लागि तत्काल प्रभावकारी कदम चालिने उहाँको आश्वासन थियो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले फुटपाथको अनधिकृत व्यवसाय तथा पोके व्यापारीका कारण कर तिरेर व्यवसाय गर्नेहरु मर्कामा परेको बताउनुभयो । कर बुझाउनु नागरिकको कर्तव्य भएको उल्लेख गर्दै उहाँले पोखरा उद्योग वाणिज्य संघ सदैव सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायको पक्षमा रहेको जिकिर गर्नुभयो । समग्र पोखराको विकासमा संघले पु¥याएको योगदानबारे संक्षिप्त चर्चा गर्दै उहाँले व्यवसाय मैत्री कर प्रशासनलाई सघाउन आफूहरु सदैव तयार रहेको बताउनुभयो । संघका निवर्तमान अध्यक्ष विन्दुकुमार थापाले आन्तरिक राजश्व कार्यालयलाई व्यवसायी मैत्री वातावरण निर्माणको लागि आग्रह गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रविन्द्रबहादुर प्रजुको धन्यवाद तथा महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा बोल्ने व्यवसायीहरुले करको दायरामा नआउने व्यवसायीहरुलाई नियन्त्रण गर्नु पर्ने, कर प्रशासनबाट व्यवसायीहरुलाई अनावश्यक दुःख दिन नहुने लगायतका सुझावहरु दिनुभएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
पोखरामा ओमोडा ई ५ प्रो, सेलिब्रेसन इभेन्ट गरिँदै
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते