नेताको गला मालाले भरिए, कास्कीमा सिक्लेसबाट बाम गठबन्धनको चुनावी अभियान सुरु

नेताको गला मालाले भरिए, कास्कीमा सिक्लेसबाट बाम गठबन्धनको चुनावी अभियान सुरु

umadar-gala-ma-mala

पोखरा, २२ कात्तिक । कास्की क्षेत्र नं. १ मा बाम गठबन्धनको चुनावी अभियान सुरु भएको छ । मादी गाउँपालिकाको सिक्लेसबाट बुधबार चुनावी अभियान सुरु भएको हो ।

चुनावी अभियानका क्रममा बाम गठबन्धनबाट प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ का साझा उम्मेदवार खगराज अधिकारी र प्रदेशसभा तर्फ ख का उम्मेदवार मनबहादुर गुरुङलाई सिक्लेसबासीले भव्य स्वागत गरेका छन् । फूल, माला, अबिर, टीका र बाजागाजा सहित स्थानीयले स्वागत गरेका हुन् । उनीहरुको गला नै मालाले भरिए ।

स्थानीयले उम्मेदवारहरुको टाउको नै छोपिने गरी माला लगाइदिएका थिए । बाम गठबन्धनका साझा उम्मेदवार अधिकारी र गुरुङलाई जिताउन सूर्यमा मतदान गर्ने सिक्लेसबासीले प्रतिबद्धता समेत व्यक्त गरे ।

चुनावी अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर १ का उम्मेदवार खगराज अधिकारीले सिक्लेस लगायत समग्र कास्कीको विकासका लागि बाम गठबन्धनको सरकार अनिवार्य रहेको बताए । पूर्व स्वास्थ्य मन्त्री तथा एमाले सल्लाहकार परिषद्का केन्द्रीय उपाध्यक्ष समेत रहेका अधिकारीले पोखराबाट सिक्लेसम्मको बाटो ३ वर्षभित्र पिच बनाउने प्रतिबद्धता व्यक्त गरे । सिक्लेसलाई केन्द्रमा राखेर पर्यटकीय केन्द्र बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । ‘गुरुङ जातिको संरक्षण र संस्कृतिका अनुसन्धान केन्द्र बनाउँछौं,’ उनले भने ।

कास्की १ ख तर्फ प्रदेशसभाका उम्मेदवार मनबहादुर गुरुङले चुनावी अभियान आफ्नै गाउँबाट गरेको बताउँदै गाउँको विकासमा सधैं सक्रिय हुने बताए । आफू सिक्लेसको छोरो भएकाले सिक्लेसबासीको सम्पूर्ण भोट पाउने उनले विश्वास व्यक्त गरे ।

‘जनप्रतिनिधि भएर म काम गर्न चाहन्छु,’ उनले भने, ‘म सधैं जनताप्रति उत्तरदायी रहन्छु । काम गर्ने अवसर दिनुहोस् ।’ सिक्लेसलाई पर्यटकीय गाउँका रुपमा विकास गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । कला संस्कृति विकास समिति गठन सिक्लेसको कला संस्कृतिको संरक्षणमा आफू सक्रिय हुने उनले बताए । सिक्लेसबाटै विजयी जुलुस निकाल्ने समेत गुरुङले उद्घोष गरेका छन् ।

एमाले प्रदेश नम्बर ४ संगठन कमिटिका सदस्य एवं निर्वाचन परिचालन समितिका संयोजक श्रीनाथ बरालले सिक्लेस क्षेत्रको समग्र विकासमा अबको बाम गठबन्धनको सरकारले प्राथमिकता दिने बताए । ‘पर्यटन प्रवद्र्धनलाई लक्षित गरी ट्रेकिङ रुटहरुको प्रवद्र्धन गर्दै हामी यहाँको विकासमा सक्रिय हुनेछौं,’ उनले भने, ‘अब हामीलाई विकास चाहिएकाले विकासको नेतृत्व गर्ने बाम गठबन्धनलाई मतदान गर्न आवश्यक छ ।’

माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णबहादुर गुरुङले सिक्लेसमा गुरुङहरुको अध्ययन प्रतिष्ठान खोलिनुपर्ने बताए । ‘गुरुङहरुको संस्कार र संस्कृतिलाई हराउन दिनुहुँदैन,’ उनले भने, ‘सिक्लेसमा रहेको तमुहरुको संस्कृति संरक्षणमा बाम गठबन्धनले सघाउँछ ।’

माओवादी केन्द्र पोखरा लेखनाथ महानगरपालिकाका अध्यक्ष विश्वप्रकाश लामिछानेले बाम गठबन्धनले नेपालको समृद्धिको लागि भोट मागिरहेको बताए । ‘काँग्रेस सत्तामा मात्र जान्छ तर देशका लागि केही गर्दैन,’ उनले भने, ‘अब मुलुकको दीगो विकासका लागि बाम गठन्धनको बहुमतको सरकार अनिवार्य छ ।’ शान्ति प्रक्रियाको शुभारम्भ सिक्लेसबाट भएको स्मरण गर्दै उनले विकासको सुरुवात पनि सिक्लेसबाटै हुनुपर्ने लामिछानेले बताए ।

सिक्लेसलाई पर्यटकीय केन्द्र बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)ले बाम गठबन्धनले बहुमत ल्याएर पाँच वर्षसम्म सरकार चलाउने र देशको विकास गर्ने धारणा राखे । सिक्लेस तथा मादी गाउँपालिकाको विकासमा आफूहरु लाग्ने उनले बताए । एमालेका मादी गाउँपालिका १ का संगठन कमिटिका सचिव देविजंग गुरुङले विकासका लागि बाम गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुङले गीत मार्फत बाम गठबन्धनलाई जिताउन आग्रह गरेका थिए ।

वाम गठवन्धन कास्की १ क को चुनावि अभियान

लेखनाथ,२२ कार्तिक ।

आगामि प्रदेश तथा केन्द्रयी चुनावलाई मध्यनजर राख्दै वाम गठवन्धन पोखरा लेखनाथ महानगरपालिका वडा नं २७ ले चुनावि अभियानलाई अगाडि बढाएको छ।

नेकपा एमाले वडा नं २७ का अध्यक्ष राम प्रसाद तिमिल्सेनाको अध्यक्षतामा तथा ने.क.पा एमाले नेता विजय वावु बनवासी को प्रमुख आतिथ्यता भएको सो कार्यक्रमा कास्की क्षेत्र नं १ का प्रचार प्रसार समितिका संयोजक एमाले नेता टिकाराम पगेनी र कास्की क्षेत्र नं १ प्रदेश सभा क का उमेदवार दिपक कोइरालाको विशेष उपस्थिती रहेको थियो।

सो भेलाले राम प्रसाद तिमिल्सेनाको संयोजकत्वमा १००१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरिएको छ।उक्त कार्यक्रमको सञ्चालन नेकपा एकिकृत माओवादी का वडा नं २७ का अध्यक्ष सुर्यमणी लामिछानेले गरेका थिए । सो कार्यक्रममा छवि लामिछने, शालिग्राम पौडेल लगायतले बोल्नु भएको थियो। राम प्रसाद तिमिल्सेना को संयोजकत्वमा सात सदस्यीय छुट्टै कार्यदल समेत बनाइएको छ। जसको सह संयोजक बिमला पहारी सदस्यहरूमा टिकाराम भुर्तेल, भगवती तिमिल्सेना कुमार गुरुङ्ग, लक्ष्य वहादुर खत्री र कुमार लामा रहेका छन् ।

उम्मेद्वारहरुसँग पोखरेली कला, साहित्यकर्मीहरुको भेटघाट
पोखरा, कार्तिक २२ गते ।

आसन्न प्रतिनिधि सभाका लागि कास्की क्षेत्र नं. २ का वाम गठबन्धनका उम्मेद्वार रवीन्द्र अधिकारीले कला, संस्कृतिलाई बिर्सने हो भने हाम्रो पहिचान नै हराउने बताउनुभएको छ ।

बुधबार गैह्रापाटनमा नवनिर्मित पोखरा थियटरद्वारा आयोजित पोखरेली कला, साहित्य र संस्कृतिकर्मीहरुसँगको भेटघाटमा बोल्दै अधिकारीले पोखरालाई माछापुच्छ«े र फेवातालले दिएको पहिचानलाई रङ भर्ने काम यहाँको कला, संस्कृतिले गरेको बताउनुभयो । प्रदेश नं. ४ लाई पर्यटनका अलावा कला, संस्कृतिको केन्द्रका रुपमा विशेष पहिचान दिलाउन लाग्नुपर्ने उहाँको धारणा थियो । चुनाव हारे पनि जिते पनि पोखराको कला, संस्कृतिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यो भेटलाई चुनावसँग मात्र नजोड्न अधिकारीले आग्रह गर्नुभयो । आफू पनि साहित्य, कलाकै विद्यार्थी भएको प्रसङ्ग कोट्याउँदै अधिकारीले राजनीतिले किचेको हुनाले यो क्षेत्रमा सव्रिmय हुन नसकेको खुलासा गर्नुभयो ।

‘देशभरिकै कुरा गर्दा पनि प्रदेश नं. ४ कला, संस्कृतिको केन्द्र बन्न सक्छ, पार्टीभन्दा माथि उठेर काम गरौँ’ उहाँले भन्नुभयो, ‘सभ्यताको जननी नै कला, संस्कृति हो, यसको उत्थान गर्नु सबैको साझा काम हो, सबै मिलेर गर्नुपर्छ ।’ पोखरामा थियटर बन्नुले पोखराको पहिचानमा अर्को आयाम थपिएको उहाँले बताउनुभयो । पोखरामा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ल्याउनका लागि गरेको पहलको स्मरण गर्दै अब सङ्घीय संरचनामा बन्ने प्रज्ञा प्रतिष्ठानहरुमा कलाकर्मीहरुले अझै बढी चासो राख्नुपर्नेमा उहाँको जोड थियो । उहाँले संसद्मा कला, संस्कृतिका बारेमा सबैभन्दा बढी कुरा उठाउने सांसद आफू नै भएको दाबी गर्दै रोयल्टी व्यवस्थापन र संविधानमा कला, संस्कृतिलाई बौद्धिक सम्पत्तिका रुपमा राख्न आफूले पहल गरेको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अविकासका कारण राजनीतिक अस्थिरता नै हो । संविधानको निर्माणपछि राजनीतिक क्रान्तिको एउटा चरण पूरा भयो, अब जनताको समृद्धिको चरणमा प्रवेश गर्नु छ, यदि समृद्धि ल्याउन सकेनौँ भने हाम्रो गणतन्त्र पनि गरिबीकै गणतन्त्र हुने छ, हामीले दिने गरेको समाजवादको नारा पनि गरिबीकै समाजवाद हुने छ ।’ आफूले कलाकर्मीहरुसँग वाम गठबन्धनका लागि नै भोट दिन आग्रह नगर्ने भन्दै अधिकारीले ‘जसले स्थिर र सबल सरकार बनाउन सक्छ, जसले राजनीतिक स्थायीत्व दिन सक्छ, त्यसैलाई भोट दिनुहोस् । जुनसुकै गठबन्धन होस् तर बुहमत आओस् भन्ने जनताको चाहना छ’ भन्नुभयो ।

संसद्को विकास समितिका निवर्तनमा सभापतिसमेत रहनुभएका अधिकारीले आफ्नो अनुभव सुनाउनुभयो, ‘एउटाले सर्वे गर्छ, सकिने बेलामा पदमुक्त हुन्छ अनि अर्को आएर डिजाइनिङ गर्छ, मन परेन भने फालिदिन्छ । अर्को मन्त्री आउँछ, ‘ए मेरो ठाउँमा परेन’ भनेर हटाइदिन्छ । त्यतिन्जेलको लगानी खरानी हुन्छ । त्यसैले कम्तिमा ५ वर्ष सरकार चलाउन दिने गरी मतदान गर्नुपर्छ ।’

कार्यव्रmममा कास्कीकै क्षेत्र नं. २ (ख) बाट प्रदेशसभाका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले प्रदेश नं. ४ को कला, साहित्य र संस्कृतिको विकास र संरक्षणका लागि महत्त्वका साथ कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश नं. ४ र कास्की जिल्ला कला संस्कृतिका दृष्टिले समृद्ध क्षेत्र भएको भन्दै उहाँले यहाँका संस्कृतिकर्मीहरुसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

थियटरका अध्यक्ष परिवर्तनले अर्को चरणमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुसँग पनि अन्तरव्रिmया गरिने बताउनुभयो । राज्यले कला, साहित्य र संस्कृतिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागि पनि भोलिको नेतृत्वसँग आजै छलफल गर्नुपर्ने सोचाइअनुसार थियटरले समन्वय गरेको उहाँले बताउनुभयो । पार्टीगत राजनीतिभन्दा माथि उठेर कला, साहित्यको विकासका लागि लाग्नुपर्ने भन्दै परिवर्तनले पोखरा थियटरले आगामी मङ्सिर १ गतेबाट ३ महिने अभिनय कार्यशाला गरी नाटक मञ्चन गर्ने तयारीमा लागेको जानकारी दिनुभयो ।

सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा गोविन्दरमण पराजुली, कृष्ण देवकोटा, भीम रानाभाटलगायतका कलाकार तथा साहित्यकारहरुले उठाएका जिज्ञासाको जवाफ उम्मेद्वारद्वयले दिनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds