तनहुँ, २२ कत्तिक/ पोखराबाट विरगञ्जका लागि छुटेको बस तनहुँको म्याग्दे गाउँपालीका ६ छविसे स्थित पृथ्वीराजमार्गमा दुर्घटनामा परेको छ । ना ७ ख २५७२ नम्बरको बस अनियन्त्रीत भई सडकदेखी अन्दाजी ८ मिटर तल खसेको प्रदेश नम्बर ४ प्रहरी कार्यालय पोखराका प्रहरी निरिक्षक बसन्त बहादुर कुँवरले जानकारी दिए ।
बसमा सवार ८ जना घाईते भई उपचारको लागी जिपी मेमोरियल अस्पताल बेलचौतरा, तनहुँमा लगिएको र केही त्यहाँबाट पोखरा उपचारका लागि पठाएको उनले जानकारी दिए । पोखराको गण्डकी अस्पतालमा बिरगन्ज महानगरपालीका बस्ने वर्ष ४७ की कल्पना गिरी, ४२ वर्षकी नविता कोईराला, भारत बिहार बस्ने बर्ष ४७ को खेद चोदान र २४ बर्षिय मुन्ना ठाकुर उपचार भईरहेको उनले जानकारी दिए ।
त्यसैगरि, तनहुँ बन्दीपुर गाँउपालीका ५ ढाबटार स्थित पृथ्वीराजमार्गमा डुम्रेबाट आबुखैरेनी तर्फ जाँदै गेरेको लु१ख ७८५४ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको छ । सोहिस्थानका २२ बर्षियकी गौरी अधिकारीलाई घाइते भएकी छन् उनको गोर्खाली पोलिक्लिन्क आबुखैरेनीमा उचार हुन नसके पछि पोखरा चरक अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ ।
Ganthan.com
सम्बन्धित खबर
कोपिला नेपालमा नयाँ नेतृत्व
पोउवा संघ आर्थिक पत्रकारिता पुरस्कार बासुदेव मिश्रलाई
पृथ्वी पर्यटन पत्रकारिता पुरस्कार कृष्ण दवाडीलाई
गैरसरकारी संस्थाहरू पारदर्शी हुनुपर्छः जिसस कास्की प्रमुख पौडेल
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
गण्डकीका मन्त्रीहरुको सम्पत्ति कसको कति ?
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि