समृद्धि ल्याउन सकेनौँ भने हाम्रो गणतन्त्र पनि गरिबीकै गणतन्त्र हुनेछ: अधिकारी

समृद्धि ल्याउन सकेनौँ भने हाम्रो गणतन्त्र पनि गरिबीकै गणतन्त्र हुनेछ: अधिकारी

IMG_5438

पोखरा, २२ कार्तिक । आसन्न प्रतिनिधि सभाका लागि कास्की क्षेत्र नं. २ का वाम गठबन्धनका उम्मेद्वार रवीन्द्र अधिकारीले कला, संस्कृतिलाई बिर्सने हो भने हाम्रो पहिचान नै हराउने बताउनुभएको छ ।

बुधबार गैह्रापाटनमा नवनिर्मित पोखरा थियटरद्वारा आयोजित पोखरेली कला, साहित्य र संस्कृतिकर्मीहरुसँगको भेटघाटमा बोल्दै अधिकारीले पोखरालाई माछापुच्छ«े र फेवातालले दिएको पहिचानलाई रङ भर्ने काम यहाँको कला, संस्कृतिले गरेको बताउनुभयो । प्रदेश नं. ४ लाई पर्यटनका अलावा कला, संस्कृतिको केन्द्रका रुपमा विशेष पहिचान दिलाउन लाग्नुपर्ने उहाँको धारणा थियो । चुनाव हारे पनि जिते पनि पोखराको कला, संस्कृतिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यो भेटलाई चुनावसँग मात्र नजोड्न अधिकारीले आग्रह गर्नुभयो । आफू पनि साहित्य, कलाकै विद्यार्थी भएको प्रसङ्ग कोट्याउँदै अधिकारीले राजनीतिले किचेको हुनाले यो क्षेत्रमा सव्रिmय हुन नसकेको खुलासा गर्नुभयो ।

‘देशभरिकै कुरा गर्दा पनि प्रदेश नं. ४ कला, संस्कृतिको केन्द्र बन्न सक्छ, पार्टीभन्दा माथि उठेर काम गरौँ’ उहाँले भन्नुभयो, ‘सभ्यताको जननी नै कला, संस्कृति हो, यसको उत्थान गर्नु सबैको साझा काम हो, सबै मिलेर गर्नुपर्छ ।’ पोखरामा थियटर बन्नुले पोखराको पहिचानमा अर्को आयाम थपिएको उहाँले बताउनुभयो । पोखरामा सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ल्याउनका लागि गरेको पहलको स्मरण गर्दै अब सङ्घीय संरचनामा बन्ने प्रज्ञा प्रतिष्ठानहरुमा कलाकर्मीहरुले अझै बढी चासो राख्नुपर्नेमा उहाँको जोड थियो । उहाँले संसद्मा कला, संस्कृतिका बारेमा सबैभन्दा बढी कुरा उठाउने सांसद आफू नै भएको दाबी गर्दै रोयल्टी व्यवस्थापन र संविधानमा कला, संस्कृतिलाई बौद्धिक सम्पत्तिका रुपमा राख्न आफूले पहल गरेको भनाइ राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो अविकासका कारण राजनीतिक अस्थिरता नै हो । संविधानको निर्माणपछि राजनीतिक क्रान्तिको एउटा चरण पूरा भयो, अब जनताको समृद्धिको चरणमा प्रवेश गर्नु छ, यदि समृद्धि ल्याउन सकेनौँ भने हाम्रो गणतन्त्र पनि गरिबीकै गणतन्त्र हुने छ, हामीले दिने गरेको समाजवादको नारा पनि गरिबीकै समाजवाद हुने छ ।’ आफूले कलाकर्मीहरुसँग वाम गठबन्धनका लागि नै भोट दिन आग्रह नगर्ने भन्दै अधिकारीले ‘जसले स्थिर र सबल सरकार बनाउन सक्छ, जसले राजनीतिक स्थायीत्व दिन सक्छ, त्यसैलाई भोट दिनुहोस् । जुनसुकै गठबन्धन होस् तर बुहमत आओस् भन्ने जनताको चाहना छ’ भन्नुभयो ।

संसद्को विकास समितिका निवर्तनमा सभापतिसमेत रहनुभएका अधिकारीले आफ्नो अनुभव सुनाउनुभयो, ‘एउटाले सर्वे गर्छ, सकिने बेलामा पदमुक्त हुन्छ अनि अर्को आएर डिजाइनिङ गर्छ, मन परेन भने फालिदिन्छ । अर्को मन्त्री आउँछ, ‘ए मेरो ठाउँमा परेन’ भनेर हटाइदिन्छ । त्यतिन्जेलको लगानी खरानी हुन्छ । त्यसैले कम्तिमा ५ वर्ष सरकार चलाउन दिने गरी मतदान गर्नुपर्छ ।’

कार्यव्रmममा कास्कीकै क्षेत्र नं. २ (ख) बाट प्रदेशसभाका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले प्रदेश नं. ४ को कला, साहित्य र संस्कृतिको विकास र संरक्षणका लागि महत्त्वका साथ कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । प्रदेश नं. ४ र कास्की जिल्ला कला संस्कृतिका दृष्टिले समृद्ध क्षेत्र भएको भन्दै उहाँले यहाँका संस्कृतिकर्मीहरुसँग हातेमालो गरेर अघि बढ्ने बताउनुभयो ।

थियटरका अध्यक्ष परिवर्तनले अर्को चरणमा लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुसँग पनि अन्तरव्रिmया गरिने बताउनुभयो । राज्यले कला, साहित्य र संस्कृतिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नका लागि पनि भोलिको नेतृत्वसँग आजै छलफल गर्नुपर्ने सोचाइअनुसार थियटरले समन्वय गरेको उहाँले बताउनुभयो । पार्टीगत राजनीतिभन्दा माथि उठेर कला, साहित्यको विकासका लागि लाग्नुपर्ने भन्दै परिवर्तनले पोखरा थियटरले आगामी मङ्सिर १ गतेबाट ३ महिने अभिनय कार्यशाला गरी नाटक मञ्चन गर्ने तयारीमा लागेको जानकारी दिनुभयो ।

सञ्चारकर्मी रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यव्रmममा गोविन्दरमण पराजुली, कृष्ण देवकोटा, भीम रानाभाटलगायतका कलाकार तथा साहित्यकारहरुले उठाएका जिज्ञासाको जवाफ उम्मेद्वारद्वयले दिनुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ