नगरबसले किचेर मृत्यु भएका भण्डारीका आफन्त र स्थानीयद्वारा प्रदर्शन (भिडियो सहित)

नगरबसले किचेर मृत्यु भएका भण्डारीका आफन्त र स्थानीयद्वारा प्रदर्शन (भिडियो सहित)

Tyre

पोखरा,  कार्तिक २४ / बसले किचेर लामाचौरका राम भण्डारीको मृत्यु भएपछि लामाचौरचोकमा स्थानिय वासिन्दाले शुक्रवार टायर बालेर प्रदर्शन गरेका छन् ।

https://www.facebook.com/om.hamal.1/videos/10212881606826493/

विहीबार साँझ ६ बजे पोखरा माईक्रोबसले ईलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा पोखरा लेखनाथ १९ लामाचौर निवासी राम भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।

बगरदेखि लामाचौरतर्फ गईरहेको ग १ ख ६४५४ नम्बरको बसले स्कुटरमा सवार भण्डारीलाई ठक्कर दिएको हो । स्कुटर बस मुनी पसेको थियो भने भण्डारीको टाउको क्षतविक्षत भएको छ । ४८ वर्षीय भण्डारीको  शरीर नै टायरले किचेको थियो ।

केहि प्रत्यक्षदर्शीले भने भण्डारीले एउटा मोटरसाईकल ओभरटेक गर्ने क्रममा बाईकले साईड नदिएको र संगै गएको बस मुनि परेको प्रतिक्रिया दिएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

Video: Om Hamal

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds