‘जसले फेवाताल संरक्षण छ, भोट उसैलाई’: लेकसाईडबासी

‘जसले फेवाताल संरक्षण छ, भोट उसैलाई’: लेकसाईडबासी

Fewataal

कार्तिक, २४ पोखरा / निर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरु के बिहान ? के साँझ ? भ्याई नभ्याई छ । पोखराको लेकसाईडमा पर्यटक खचाखच हुन्छन् । अहिले भोट माग्न नेता कार्यकर्ताहरुको भिड पनि देख्न सकिन्छ ।

बाम गठवन्धन निर्वाचन परिचालन कमिटी लेकसाईडले आयोजना गरेको उम्मेदवार घरदैलो कार्यक्रममा युवा संघ केन्दीय अध्यक्ष तथा क्षेत्र नंं ३ प्रदेश ख का उम्मेदवार राजीव पहारीलाई बाटोमा आफु चुनावमा उठ्नुको कारण बताउँदै व्यस्त देखिन्थे ।

एक जना पुराना पर्यटन व्यवसायीले ‘अबको भोट फेवा ताल बचाउनेलाई’ भन्दै पहारीसँग हात मिलाउन आए । पछिल्लो समय फेवाताल अतिक्रमण र प्रदुषण भएको प्रति चिन्ता व्यक्त गर्दै पहारीले  ‘म अतिक्रमण भएको तालको जग्गालाई मुआब्जा दिएर ताल संरक्षण गर्दै हर्पन खोलाबाट आउने बालुवा ढुङ्गा रोक्न चेक ड्याम लगाउने छु’ भन्दै मत मागे ।

‘धेरै ले फेवा तालको नारा लगाएर मागी खाने भाँडो बनाए, अब त्यस्तो नहोस्’ भन्दै चिन्ता व्यक्त गरे । गौरीघाट अम्बोट ठाडोपसल ठाउँमा घरदैलो गर्दा अधिकांश मतदाताको भनाई ताल संरक्षणमा नै थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds