काठमाण्डौबाट पोखरा आएका काभ्रेली युवकको होटलमै अचानक मृत्यु

काठमाण्डौबाट पोखरा आएका काभ्रेली युवकको होटलमै अचानक मृत्यु

Hotel-palace-View

पोखरा, २६ कार्तिक / पोखरा घुम्न आएका युवकको होटलमै ज्यान गएको छ । पोखरा लेखनाथ महानगरपालिका ६ लेकसाईड स्थित प्यालेस भ्यु होटलमा शुक्रबार साँझ सुतेका युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काभ्रे घर भई काठमाण्डौ स्वयम्भु डेरा गरी बस्ने २३ बर्षिय सागर लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । नौ जनाको समूहमा रहेका उनीहरु साझँको खाना खाई सुतेका थिए । शनिबार बिहान अबेरसम्म नउठे पछि साथीहरुले अचेत रहेको थाहा पाएका थिए । त्यसपछि साथीहरुले नै होटलको सहयोगमा फेवासिटी हस्पिटलमा लगेका थिए । डाक्टरले बिहान साढे ८ बजे मृत घोषणा गरेका थिए ।

होटलमा तत्कालै प्रहरीको टोली खटाएर अनुसन्धान गरेको प्रहरीको भनाई छ । प्रारम्भिक रुपमा प्रहरीले उनको मृत्यु छारे रोगका कारण भएको हुनसक्ने अनुमान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ