कुमार खड्काले भनेः ‘रविन्द्रलाई मैले भ्रष्टाचारी भनेकै छैन’ पत्रकारलाई पो दोष !

कुमार खड्काले भनेः ‘रविन्द्रलाई मैले भ्रष्टाचारी भनेकै छैन’ पत्रकारलाई पो दोष !

Kumar Khadka
  • गण्डक न्युज टिप्पणी

कास्की क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारमा बाम गठबन्धनका साझा उम्मेदवार रविन्द्र अधिकारी र नेपाली काँग्रेसबाट देवराज चालिसे चुनावी मैदानमा छन् । भर्खरै काँग्रेस प्रवेश गरेका कुमार खड्काको वाककला औषत भन्दा माथि नै छ । उनी गज्जब भाषण पनि गर्छन् । स्पष्ट भाषण पट्यार लाग्दो हुँदैन । उनले पाँच दिनदेखि भनेको कुरा भने २२ कार्तिकदेखि २७ कार्तिकमा आउँदासम्म १८० डिग्रीमा घुमेको छ ।

सोमबार पत्रकार सम्मेलनपछि www.safalnews.com ले लेखेको छ : रविन्द्र भष्ट्राचारी हुन भनेको छैन : काँग्रेस नेता खड्का

समाचार सम्प्रेषण गर्ने पत्रकार र मिडियालाई त्यसको दोष थुपारेका छन् । जबकि उनका ती समाचारहरु काँग्रेस पार्टीकै आधिकारीक श्रोतबाट मिडियाको जिमेलमा आएका हुन् ।

अहिले रविन्द्र अधिकारीमाथि विपक्षीको एउटै हतियार बनेको छ एनसेललाई फोर जी सेवा सञ्चालन । सामाजिक सञ्जालमा शनिबारदेखि गाई दोहेको बिषय पनि उत्तिकै भाइरल बनेको छ। गाई दुहेको यति सामान्य विषयमा भने प्रवेश नगरौं । रविन्द्रले आधारहीन आरोप भनेको एनसेल प्रकरणकै विषयमा खड्काले पाँच दिनभित्र के भने ? विषय तर्फ लागौं ।

एनसेलसँग रविन्द्रलाई मुछेका नेपाली काँग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य कुमार खड्काले नै हुन् । त्यसपछि कास्की क्षेत्र नं. २ मा चुनावी मसला नै यही आरोप बन्यो । कुमार खड्काले कार्तिक २२ देखि २७ गते आईपुग्दा कुरा फेरेको हामी सार्वजनिक समाचारहरुबाट थाहा पाउन सक्छौं ।

  • कार्तिक २२ गते – नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ को सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रम थियो । त्यहाँ खड्काले एमालेबाट कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवारी दिएका रवीन्द्र अधिकारीलाई भ्रष्टाचारको बाटोमा हिँडेको आरोप लगाएका थिए । उद्घाटन गर्दै उनले भनेका वाक्य थिएः रविन्द्र भ्रष्टाचारको बाटोमा छन् । जनताले यो बुझ्न जरुरी छ कि नेताले जितेर विकासका लागि केहि गर्छन् या त्यो भोटलाई कमाईखाने लाइसेन्स बनाउँछन् ? त्यसैले कास्की क्षेत्र नम्बर २ का जनताले यो कुरा खुट्याउन आवश्यक छ ।

यो समाचार पढ्नुहोस्ः  रवीन्द्र अधिकारीले एनसेल काण्डमा घुस खाएका खड्काको आरोप

  • कार्तिक २६ गते – उनले भोलि नै सार्वजनिक गर्छु भन्दै भने थिएः ‘मैले यो काण्डको विषयमा कुरा उठाएपछि बाम गठबन्धनका धेरै साथीहरु मसंग चिढिएका छन् । र, मलाई यस्तो कुरा नबोल्नका लागि घुमाउरो चेतावनी पनि दिएका छन् । तर म त्यतिकै आरोप प्रत्यारोपमा उत्रिएको छैन । मसँग प्रमाणहरु छन् । र, केहि दिनमा ती प्रमाणहरु मैले मिडियामा सार्वजनिक गर्नेछु ।’

यो समाचार पढ्नुहोस्ः  एनसेलको घुसकाण्ड छिट्टै सार्वजनिक गर्छु–कुमार खड्का

यी दुई समाचारहरु www.dnanepal.com मा प्रकाशित छन् ।

प्रमाण सार्वजनिक गर्छु भन्दै पत्रकार सम्मेलन गरेका खड्काले रविन्द्रलाई भ्रष्टाचारी नभनेको जिकिर गरे । अखण्ड नेपाल नामक क्षेत्रीको पार्टी खोलेर समानुपातिकबाट सांसद बन्दै मन्त्री समेत बनिसकेका खड्काले आफैले खण्डन गरे ।

सोमबार काँग्रेस पार्टी कार्यालयमै पत्रकार सम्मेलन गरेर आफुले रविन्द्रले भष्टाचार गरेको भन्दै प्रकाशित समाचार झुटो, भ्रामक भएको बताए । ‘मैले रविन्द्रजीले भष्टाचार गर्नुभयो, हो भनेर भनेका छैन, यस्ता कुरा भ्रामक र तथ्यहीन हुन् ।’

उनले भने — ‘मैले विकास समितिले गरेको निर्णयका कारण एनसेलले तिर्नुपर्ने कर गुमेको कारण त्यसको जवाफ मात्रै मागेको हो, अधिकारीले भष्ट्राचार गरेको र मसंग प्रमाण छ भन्ने गरी समाचार, सामाजीक सञ्जालमा आएका कुरा गलत हुन् ।

खड्का एसनेल प्रकरणका बेला महिला तथा बालबालिकामन्त्री थिए भने विकास समितिको सदस्य पनि थिए । उनले एनसेल प्रकरण बारे रबिन्द्र अधिकारी आफनो समेत मानमर्दन हुने गरी समाचार आएको भन्दै आपत्ति समेत जनाए । ‘दुवै जनाको मानमर्दन गर्ने काम भएको छ, त्यसैले स्पष्ट समाचार सम्प्रेषण गर्नुहुन आग्रह गर्दछु ।’ खड्काले भने ।

GandakNews: News & Views

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ