नेपाली काँग्रेसका नेता, कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले देशको आर्थिक समृद्धीका लागि कम्युनिष्टसँग कुनै भिजन नभएको बताएका छन् । जनतालाई भ्रम बाँडेर राजनीति गर्दै आएका भन्दै उनले कम्युनिष्टको भ्रममा नफस्न आग्रह गरे । दुई तिहाई बहुमत मार्फत काँग्रेसले जनताका हक अधिकारको रक्षा गर्ने थापाको भनाई छ । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेसको स्थीर सरकार बन्ने दावी गरेका छन् ।
उनले लोकतन्त्रको रक्षाका लागि भएपनि रुखमा भोट हाल्न आग्रह गरे । ‘कम्युनिष्टकै कारण देशको आर्थिक अवस्था लथालिङ्ग भएको छ । कम्युनिष्ट गठबन्धनको चर्चाले मात्रै शेयरबजार ध्वस्त भैसक्यो, सरकारै बने के होला ?, थापा भन्छन्–मुलुकको विकास र समृद्धि काँग्रेसको एजेण्डा हो । बुझिबुझि जनताले गल्ती गर्दैनन् ।’

उनले बाह्य लगानी भित्र्याएर पोखरालाई अन्तराष्ट्रिय रुपमै सबैभन्दा विकसित र पर्यटकीय शहरको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । थापा ब्यापार ब्यवसायसँगै राजनीतिमा सक्रिय ब्यक्ति हुन् । उनकै अगुवाईमा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणले मुर्त रुप लिएको थियो ।
कास्की क्षेत्र नम्बर २ को प्रदेश (ख) अन्तर्गत सचीवालय उद्घाटमा उनले आँफुलाई मतदान गर्न मतदातासँग अपिल गरे । ‘जनधनको रक्षाको ज्ञारेण्टी काँग्रेसले लिन्छ । त्यो भारी बोक्ने अवसर मलाई दिनुस्, उनी भन्छन्–राष्ट्रिय निकास र आर्थिक समृद्धीका लागि प्रजातन्त्रबादी काँग्रेसलाई भोट हाल्नुस् ।’

विगतको हार असुल गर्छौं
काँग्रेस नेता तथा कास्की क्षेत्र नम्बर २ प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापाले २०७० मा ब्यहोरेको क्षति अहिलेको चुनावले फर्काउने बताए । उनले काँग्रेसकै अगुवाईमा संविधान जारी भएको भन्दै कार्यान्वयनका लागि पनि काँग्रेस अपरिहार्य हुने उल्लेख गरे । ‘२०७० को संविधानसभा चुनावमा कास्की काँग्रेसको ठूलो क्षति भएको छ । स्थानीय चुनावमा पनि हामी पराजीत भयौं, उनले भने–सबै चुनावको सावा ब्याज सहित अहिले फर्काउने बेला आएको छ । हामी क्षति असुल गरिछाड्छौं ।’
थापाले पोखराका विकासे मुद्धा आफ्नो प्रमुख एजेण्डा भएको बताए । लामो समयदेखि अन्तराष्ट्रिय विमानस्थल निर्माण आँफुले अगुवाई गरेको भन्दै विमानस्थल निर्माण गरेर पोखरेलीको लामो पखाई पूरा गर्ने थापाको प्रतिबद्धता छ । उनले पोखरा चक्रपथ र सुविधासम्पन्न बसपार्क निर्माणलाई प्राथमिकताका साथ अगाडी बढाउने बताएका छन् ।

भोटरले नयाँ टेष्ट खोजेका छन्
“जनताले नयाँ उम्मेदवारबाट विकासको अनुभूति हुने अपेक्षा गरेका छन ।” घरदैलोको क्रममा जनताले सुनाएको भन्दै प्रतिनिधि सभा २ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले भने–“न्युट्रल भोटले नयाँ टेष्ट खोजिरहेको आभाष भएको छ ।”
व्यापारीक घरानाले, अग्रज व्यवासयीले साथ, र सहयोग रहेको भन्दै उम्मेदवार थापाले उहाँहरुको साथ र सहयोग शिरोपर गर्दै अगाडि बढ्ने बताए । पोखरा उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष समेत रहेका थापाले जनतामा देखिएको उत्साह, हार्दिकताले काँग्रेसका जित सुनिश्चित हुने दावी गरे ।

घरदैलो अभियानकै क्रममा समानुपातिक उम्मेदवार आनन्दराज मुल्मीले जनताले काँग्रेसबाट धेरै आशा गरेको भन्दै काँग्रेसलाई जिताउन स्वयं जनता नै सक्रिय हुदैं घरदैलो अभियानमा जुटिरहेको बताए ।
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ