क्षेत्र नम्बर २ (क) का प्रादेशिक उम्मेदवार गुरुप्रसाद बरालले एमाले र माओवादी संविधानको हत्यारा भएको आरोप लगाएका छन् ।
उनले दुवै कम्युनिष्ट पार्टीले ४ पटकसम्म सरकारको नेतृत्व गर्दा देशलाई गति दिन नसकेको आरोप लगाए । काँग्रेस कास्की क्षेत्र नम्बर २ को सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उनले संविधान विरोधी पार्टीलाई जनताले मतबाटै पाखा लगाउने बताए । ‘यीनै वामपन्थीहरुले नै पहिलो संविधानसभाको हत्या गरेका हुन् । र, अहिले पनि यीनीहरु संविधान रोक्ने प्रपञ्च रचिरहेकै छन् ।’ बरालले भने–‘वाम गठबन्धनको नाटक यहि गलत सोँच सहित रचिएको हो ।’
काँग्रेसको अगुवाईले नै देशमा संविधान जारी भएको स्मरण गर्दै उनले कम्युनिष्टको चिल्ला कुरामा नफस्न आग्रह गरे । ‘यदि काँग्रेसको अग्रसरता नहुँदो हो त देशलाई यी दुई वामपन्थी भनाउँदाहरुले उहिल्यै सिध्याईसकेका हुन्थे ।’ बरालले भने–‘नेपाली काँग्रेसले नै जनतामा लोकतान्त्रिक सँस्कार बसाएको हो । र, यसलाई संस्थागत गर्न नेपाली काँग्रेस लागिपरेकै छ ।’ उनले कम्युनिष्ट गठबन्धनको नाममा वामपन्थीहरुले झुटको खेती गरिरहेका बताए ।
सम्बन्धित खबर
अन्नपूर्णमा सार्वजनिक सुनुवाइ, ३१ कार्यालयका प्रमुखको उपस्थिति
पत्रकार सन्तोष पोखरेल सम्मानित
रोटरी क्लब अफ पोखरा क्यापिटलको चार्टर प्रेजेन्टेसन तथा पहिलो पदस्थापन
पोखरा वडा नं. १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निःशुल्क स्वास्थ्य परीक्षण
वालिङ्मा पौडी खेल्ने क्रममा डुबेर एक बेपत्ता
पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग