प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को उम्मेद्वार जगत विश्वकर्माले कार्यालयको उद्घाटन गर्दै स्थायी शान्ति र समृद्धिको लागि वाम गठबन्धन भएको बताए ।
उनले वाम गठबन्धनका उम्मेद्वार जिते मात्र स्थायी शान्ति र देश समृद्धिको बाटोमा अघि बढ्ने बताए । कानुनी अड्चनले एउटै निवार्चन चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्न नमिलेकोले फरक फरक चुनाव चिह्न लिएर चुनावमा होमिएको बताए ।
उनले भने, ‘हाम्रो उद्देश्य अब एउटै पार्टी निमार्ण गर्ने हो, त्यसैले ढुक्क भएर मतदान गर्न सबै लाई आग्रह गर्दछु ।
बाम गठबन्धन क्षेत्र नम्वर ३ को चुनावी अभियान लामाचौरबाट
पोखरा लेखनाथ १९ लामाचौरबाट बाम गठबन्धन क्षेत्र नम्वर ३ को चुनावी अभियान सुरु भयो । प्रतिनिधी सभा उम्मेदवार कास्की क्षेत्र नम्वर ३ का जगत विश्वकर्माले आफ्नो उम्मेदवार देश विकास र समृद्धिका लागि भएको बताउँदै सम्पूर्ण मतदाताहरुलाई बाम गठबन्धनको अभियानमा एकजुटका साथ लागि सुर्य र गोलाकार भित्रको हसियाँ हथौडामा मतदान गरी विजयी गराउन अपिल गरे ।

त्यसै गरी क्षेत्र नम्वर ३ क का प्रदेश सभाका उम्मेदवार रामजी बरालले यो बाम गठबन्धनले सिंगो राष्ट्र र जनतालाई मौलिक हक अधिकारलाई कुण्ठित हुन नदिन एकैसाथ निर्वाचनमा उत्रिएको र बाम गठबन्धनको एकता आवश्यक भएको बताए । उनले देशका लागि यस लामाचौर वडा नम्वर १९ बाट आफ्नो ज्यान आहुती दिएका केहि शहिद व्यक्तिलाई सम्झदै उनीहरुको सपना साकार पार्नको लागि र ग्रामिण विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
कार्यक्रममा बाम गठबन्धका नेताहरु पुष्पा के.सी भण्डारी, सीता गीरी ओली र दामोदर बैरागी लगायतले बोलेका थिए । सो कोणसभा लगत्तै घरदैलो अभियान अन्तर्गत आज वडा नम्वर १९ को गैरीखोर, भण्डारीथर, ढाँड, जिमिरे, तरी, करायचौताराखेत खत्री डहर, भक्तिपथ लगायतका ठाउँहरुमा घरदैलो र परिचयात्मक कार्यक्रम सकेर पुन लामाचौर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

नेकपा एमाले वाड नम्बर १९ का संयोजक विष्णु भण्डारीको अध्यक्षमा भएको कोणसभाको समापन प्रदेश सभाका समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी प्यासीले गरेका थिए भने कार्यक्रम सञ्चालन वाड नम्वर १९ का सहसंयोजक विष्णु गौतम गरेका थिए । बुधवार घरदैलो अभियान पोखरा १ सिम्पानी वगर एरियामा हुने बताईएको छ ।
सम्बन्धित खबर
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल
गाउँ छाडेनन्, हप्ताको दुई घण्टा समाजका लागि छुट्याए युवाले
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
अविरल वर्षाले धनसार भत्किँदा छ बाख्रा पुरिएर मरे
स्याङ्जामा डेढ लाखभन्दा बढी पशुचौपायाले पाए निःशुल्क खोप
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
यो पनि पढौँ
गाडीभित्रै सिट बेल्ट बाँधेर सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
पोखराबाट ढोरपाटन गएको जीपमाथि पहिरो खस्यो, ५ यात्रु सकुशल