कास्की क्षेत्र नं. ३ जगत बिक (एमाले): शान्ति, स्थायित्व र समृद्धिका लागि बाम गठबन्धन

कास्की क्षेत्र नं. ३ जगत बिक (एमाले): शान्ति, स्थायित्व र समृद्धिका लागि बाम गठबन्धन

Jagat Bk

प्रतिनिधि सभा क्षेत्र नम्बर ३ को उम्मेद्वार जगत विश्वकर्माले कार्यालयको उद्घाटन गर्दै स्थायी शान्ति र समृद्धिको लागि वाम गठबन्धन भएको बताए ।

उनले वाम गठबन्धनका उम्मेद्वार जिते मात्र स्थायी शान्ति र देश समृद्धिको बाटोमा अघि बढ्ने बताए । कानुनी अड्चनले एउटै निवार्चन चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्न नमिलेकोले फरक फरक चुनाव चिह्न लिएर चुनावमा होमिएको बताए ।

उनले भने, ‘हाम्रो उद्देश्य अब एउटै पार्टी निमार्ण गर्ने हो, त्यसैले ढुक्क भएर मतदान गर्न सबै लाई आग्रह गर्दछु ।

बाम गठबन्धन क्षेत्र नम्वर ३ को चुनावी अभियान लामाचौरबाट

पोखरा लेखनाथ १९ लामाचौरबाट बाम गठबन्धन क्षेत्र नम्वर ३ को चुनावी अभियान सुरु भयो । प्रतिनिधी सभा उम्मेदवार कास्की क्षेत्र नम्वर ३ का जगत विश्वकर्माले आफ्नो उम्मेदवार देश विकास र समृद्धिका लागि भएको बताउँदै सम्पूर्ण मतदाताहरुलाई बाम गठबन्धनको अभियानमा एकजुटका साथ लागि सुर्य र गोलाकार भित्रको हसियाँ हथौडामा मतदान गरी विजयी गराउन अपिल गरे ।

त्यसै गरी क्षेत्र नम्वर ३ क का प्रदेश सभाका उम्मेदवार रामजी बरालले यो बाम गठबन्धनले सिंगो राष्ट्र र जनतालाई मौलिक हक अधिकारलाई कुण्ठित हुन नदिन एकैसाथ निर्वाचनमा उत्रिएको र बाम गठबन्धनको एकता आवश्यक भएको बताए । उनले देशका लागि यस लामाचौर वडा नम्वर १९ बाट आफ्नो ज्यान आहुती दिएका केहि शहिद व्यक्तिलाई सम्झदै उनीहरुको सपना साकार पार्नको लागि र ग्रामिण विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

कार्यक्रममा बाम गठबन्धका नेताहरु पुष्पा के.सी भण्डारी, सीता गीरी ओली र दामोदर बैरागी लगायतले बोलेका थिए । सो कोणसभा लगत्तै घरदैलो अभियान अन्तर्गत आज वडा नम्वर १९ को गैरीखोर, भण्डारीथर, ढाँड, जिमिरे, तरी, करायचौताराखेत खत्री डहर, भक्तिपथ लगायतका ठाउँहरुमा घरदैलो र परिचयात्मक कार्यक्रम सकेर पुन लामाचौर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

नेकपा एमाले वाड नम्बर १९ का संयोजक विष्णु भण्डारीको अध्यक्षमा भएको कोणसभाको समापन प्रदेश सभाका समानुपातिक उम्मेदवार सोमनाथ अधिकारी प्यासीले गरेका थिए भने कार्यक्रम सञ्चालन वाड नम्वर १९ का सहसंयोजक विष्णु गौतम गरेका थिए । बुधवार घरदैलो अभियान पोखरा १ सिम्पानी वगर एरियामा हुने बताईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ