कास्की क्षेत्र नं. ३ शुक्रराज शर्मा (काँग्रेस): आर्थिक समृद्धिका लागि कांग्रेस

कास्की क्षेत्र नं. ३ शुक्रराज शर्मा (काँग्रेस): आर्थिक समृद्धिका लागि कांग्रेस

Shukra Raj

नेपाली कांग्रेसका नेता एवम् क्षेत्र नं. ३, प्रतिनिधि सभाका उम्मेदवार शुक्रराज शर्माले मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसलाई जिताउनु पर्ने बताएका छन् । सम्पर्क कार्यालयको उद्घाटन गर्दै आर्थिक समृद्धि हुन सके मात्रै मुलुक समृद्ध दिशातर्फ जाने बताए ।

आर्थिक विकास नै आफ्नो प्रमुख मुद्धा रहेको उल्लेख गर्दै उम्मेदवार शर्माले यसका लागि स्थानीय स्तरका प्राकृतिक स्रोत र साधनको उचित प्रयोग गर्नु पर्नेमा जोड दिए । गाउँको विकास नभई नेपालको विकास हुन्छ भन्ने कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै उनले गाउँको विकासका लागि कृषि, पर्यटन, जलस्रोत, यातायातको विकास गर्नु पर्ने र यसको लागि आफुु रातदिन खट्ने प्रतिवद्धता जनाए ।

क्षेत्र नम्बर ३, अन्तरगतका कच्चि सडकलाई कालो पत्रे गर्ने, कृषिको विकास गरी बजारीकरणको व्यवस्था गर्ने, कृषि, पर्यटनको उद्योगको विकास गरेर स्थानीय स्तरमा रोजगारीको अवसर सिर्जना गरि युवा पलायनलाई नियन्त्रण गर्ने आफ्नो योजना रहेको सुनाउँदै उनले कांग्रेसलाई मतदान गर्न आग्रह गरे । पोखराको टुडिखेलमा रहेको मिम अस्पताललाई आधुनिक अस्पतालको रुपमा स्तरोन्नती गरि स्वास्थ्य सेवा सञ्चालन गर्ने उनले प्रतिवद्धता जनाए ।

कास्कीको क्षेत्र नम्बर ३ मा विकासका प्रचुर सम्भावना रहेको उनले बताए । मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेका कारण भ्रष्टाचार, अनियमितता, ढिलासुुस्तिबाट जनता आजित भएको उल्लेख गर्दै उनले स्थायी सरकार निर्माणका लागि काँग्रेसलाई जिताउन आग्रह गरे । काँग्रेसको नेतृत्वमा मात्रै समृद्धि सम्भव भएको बताउँदै उनले कम्युनिष्टले लोकतन्त्रलाई भ¥याङ बनाएर अधिनायकवाद लाद्न खोजेको उल्लेख गरे ।

क्षेत्र नम्बर ३ अन्तरगतको ‘क’ प्रदेशका उम्मेदवार शारदा पौडेलले नेपाली काँग्रेसको हारले लोकतन्त्र नै धरापमा पर्ने हुनाले यसको रक्षाका लागि कांग्रेसलाई जिताउनु पर्नेमा जोड दिइन् । प्रदेश नम्बर ‘ख’ का उम्मेदवार सिकन्दर गुुरुङले आफ्नो उम्मेदवारी भ्रष्टाचार बिरुद्ध भएको उल्लेख गरे ।

क्षेत्र नम्बर ३, का सभापति पोशनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य रामचन्द्र त्रिपाठी, दिपक गुरुङ, नेपाल तरुण दल कास्कीका सभापति मनोज गुरुङ, काँग्रेस नेता सुरेन्द्र भारी लगायतका वक्ताले आ–आफ्नो भनाई राखेका थिए ।

कास्की ३ मा काँग्रेसका उम्मेदवार घरघरै

नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर ३, का प्रतिनिधि सभा उम्मेदवार शुक्रराज शर्मा सोमबार बिहान पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ र ३ मा घरदैलो तथा मतदाता भेटघाटमा ब्यस्त रहे ।

नेपाली कांग्रेसलाई जिताउन मत माग्दै उम्मेदवार शर्मा सहितको टोली कांग्रेसका ऐजेण्डा लिएर मतदाताको घरदैलोमा पगेका हुन् । घर दैलो कार्यक्रममा सोही क्षेत्रकी प्रदेश सभा ‘क’ की उम्मेदवार शारदा पौडेल, क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्ताको सहभागिता थियो । उम्मेदवार घरदैलोमा पुग्दा मतदाताले उनीहरुलाई फूल, माला, खादा ओडाएर स्वागत गरेका थिए ।

मतदातासँगको भेटघाटमा उम्मेदवार शर्माले चुनावमा कांग्रेसलाई जिताउन आग्रह गर्दै जनताले गुनासो राख्ने ठाउँ नराखिकिन देश र जनताका लागि काम गर्ने प्रतिवद्धता जनाए । ‘हाम्रो उम्मेदवारी जनताको पक्षमा, निर्वाचनमा तपाईले कांग्रेसलाई जिताउनु होस्, कुनै गुनासो राख्ने ठाउँ नराखि देश र जनताको पक्षमा काम गर्छौं ।’

यसैबिच ‘ख’ प्रदेशका उम्मेदवार भोजबहादुर गुरुङ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २३, चापाकोटमा घरदैलो र मतदाता भेटघाट कार्यक्रममा ब्यस्त छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ