मंसिर २१ गते हुने प्रतिनीधि सभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा आफ्ना उम्मेदवारलाई विजयी गराउन कास्कीमा संघीय समाजवादी फोरमको चुनावी अभियान तिव्र पारेको छ ।
आइतवार क्षेत्र नं. १ को पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३० को भेला सम्पन्न भएको छ भने वडा नं. २६ र २७ मा घरदैलो कार्यक्रम गरेको छ । शिशुवास्थित लालुपाते तमु समाजमा सम्पन्न वडा नं. ३० को भेलाले क्याप्टेन पुर्णसिंह तमुको संयोजकत्वमा १०१ सदस्यीय चुनाव प्रचारप्रसार समिति र २३ सदस्यीय निर्वाचित परिचालन सचिवालय गठन गरेको छ ।
गठित सचिवालय सदस्यहरुमा क्या.मोहनसिंह तमु, सु.नारायण तमु, गौबहादुर तमु, अमृत तमु,क्या.बोधबहादुर तमु, सु.भिमबहादुर तमु, होमबहादुर तमु, पदमबहादुर तमु, दिनेस तमु, अमित थापामगर, सु.हस्तबहादुर तमु, खेमबहादुर तमु, बलबहादुर पुन, विनिता तमु, राजु तमु, क्या.लुमबहादुर तमु, सुमे.टेकबहादुर तमु, शान्ति तमु, निरमाया तमु, डिलबहादुर तमु र पुर्णकला तमु रहनु भएको छ ।

क्या.मोहनसिंह तमुको अध्यक्षता र क्या.मेकबहादुर तमुको संचालन तथा फोरमका केन्द्रीय सदस्य कुमबहादुर तमुकाचे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रतिनीधि सभा क्षेत्र नं. १ का उम्मेदवार मनबहादुर तमु, प्रदेशसभाका उमेदवारहरु बीरबहादुर तमु, काशीमाया तमु, समानुपातिक उमेदवार तथा ससफो कास्की जिल्ला अध्यक्ष दीपक तामांग, केन्द्रीय बैकल्पिक सदस्य हुमबहादुर तमु, पुर्णसिंह तमु, सु.मेघबहादुर तमु लगायतले मन्तव्य व्यक्त गर्नुहुदै लामो समय शासन गरेका नेता र पार्टीबाट मुलुक र जनताले धोखा नै धोखा पाएको बताउदै मसाल चिन्हमा मतदान गरी बैकल्पिक शक्ति संघीय समाजवादी फोरमका उमेदवारहरुलाई विजयी गराउन आग्रह गरेका थिए ।
यसरी नै क्षेत्र नं. ३ मा पोखरा १ बगरमा आइतवार घरदैलो कार्यक्रम गरेको छ । संघीय समाजवादी फोरमका तमुवान इञ्चार्ज गणेशमान तमुले प्रतिनीधि सभाका उमेदवार डिलबहादुर नेपाली, प्रदेशसभाका उमेदवारहरु चिनबहादुर नेपाली, सु.तुलबहादुर तमुलाई खादा लगाएर शुभकामना व्यक्त गर्नुहुदै घरदैलो प्रारम्भ गरिएको थियो । घरदैलो कार्यक्रममा स्थानीयको साथ पाएको प्रचार प्रसार परिचालन संयोजक पदमबहादुर तमुले जानकारी दिनुभयो ।
यसरी नै क्षेत्र नं २ का प्रदेश सभाका उमेदवारहरु कुलबहादुर भुजेल, किसन विश्वकर्मासहित फोरमका जिल्ला सचिव गिरीप्रसाद तमुको अगुवाईमा पोखरा १६ मा घरदैलो कार्यक्रम गरिएको छ । चुनावी अभियानको क्रममा जनताको समर्थन साथ पाएको सचिव तमुले बताउनुभयो ।
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ