कास्की क्षेत्र नम्बर १ (क) का प्र्रदेशसभा उम्मेदवार दीपक कोइरालाले वाम गठबन्धनकै नेतृत्वमा बन्ने सरकारले सुकुम्बासी व्यवस्थापन गर्ने बताएका छन् । उनले कांग्रेसले कुनै पनि हालतमा सुकुम्बासी समस्यालाई सम्बोधन नगर्ने बताए ।
‘कांग्रेसले कहिल्यै गरिब दुःखीको हित सोचेन,’ उनले भने, ‘कम्युनिस्ट घटकले नै हो शोषित वर्गलाई सम्बोधन गर्ने ।’ माओवादी केन्द्रकातर्फबाट उम्मेदवार बनेका उनले सुकुम्बासीले पार्टीलाई दर्शाएको मायाप्रति सधैं आभारी रहेको जनाए । उनले सुकुम्बासी बस्तीको व्यवस्थापनमा आवश्यक बत्ती, पानी, टेलिफोन, विद्यालय लगायत पूर्वाधार विकासमा आफूले जोड दिने प्रतिवद्धता व्यक्त गरे ।

उनले वाम गठबन्धनले मात्रै मुलुकलाई निकास दिने भएकोले यसपटकको चुनावले देशकै भविष्य कता जान्छ भन्ने निर्धारित गर्ने बताए । ‘अग्रगमन रोज्ने कि पश्चगमन यही चुनावले छिनोफानो गर्छ,’ उनले भने, ‘त्यसैले पछि पछुताउनुभन्दा अहिले नै वाम गठबन्धन रोज्नु आवश्यक छ ।’ कार्यक्रममा गठबन्धनका नेताहरु कोमलनाथ बराल, विजयबाबु वनबासी, शालिकराम पौडेल, शिवजी लामिछाने लगायतले बोलेका थिए ।
उनले ९ महिनामा ढल्ने सरकारले विकास नगर्ने भएकाले बाम गठबन्धनलाई दुई तिहाई बहुमत दिएर पाँच वर्षसम्म ढुक्क भएर बस्न आग्रह गरे । उनले कम्युनिष्टबाट नआत्तिन आग्रह पनि गरेका छन् । हेर्नुहोस् भिडियोः
https://youtu.be/szbntdzA0LA?t=88
उक्त कार्यक्रममा गठबन्धनको वडा कार्यदल समेत गठन भएको १(ख) का चुनाव प्रचारप्रसार समिति संयोजक टिकाराम पंगेनीले जानकारी दिए । पदमकुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलको सहसंयोजकमा श्रीप्रसाद पन्थी, सचिवमा रुपेश परियार र सदस्यहरु पदमराज तिवारी, भरतराज धमला, मोहनराज बराल र बसन्ती विक छन् । संयोजक श्रेष्ठकै नेतृत्वमा वडा नम्बर ३२ मा १ हजार १ सय १ सदस्यी चुनाव प्रचारप्रसार समिति समेत गठन भएको पंगेनीले जनाए ।
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी