कास्की क्षेत्र नम्वर ३ (ख)का बाम गठबन्धनका साझा उम्मेदवार युवा नेता राजीव पहारीले आफ्नो क्षेत्रको विकासको खाका प्रस्तुत गरेका छन् ।
उनले प्रदेश ख को समग्र विकासका लागी सराकोट, कास्कीकोट, पुम्दीभुम्दी हुदै छोरेपाटन जोडने गरि चक्रपथ निर्माण गर्ने बताए ।
उनले प्राकृतिक, सांस्कृतिक, धार्मिक र पर्यटका हिसावले महत्वपूर्ण प्रदेश रहेकाले यहाँ स्रोत र साधनको प्रयोग गदै रोजगारीको सृजना गरि युवाहरुलाई विदेश जानुपर्ने बाध्यताबाट मुक्त गर्ने बताए । पहारीले प्रदेश नम्वर चारलाई समृद्ध बनाउने बताउदै बामगठबन्धन राजनीतिक स्थायित्व र समृद्धिका लागी भएको बताउदै त्यसका लागी आफुलाई विजय बनाउन आग्रह गरे ।

उनले देशमा राजनीतिक स्थायित्व र विकासका लागी गठबन्धनबाट आफुलाई जिताउन मतदातालाई आग्रह गरे । उनले कास्कीकोट पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएको बताउदै पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने गरि अगाडी बढने बताए ।
कार्यक्रममा समानुपातिक उम्मेदवार मित्रकुमारी गुरुंग, माओबादी नेतृ गोमा ढकाल लगायतले बाम गठबन्धनलाई जिताउन आग्रह गरे ।
‘जसले फेवाताल संरक्षण छ, भोट उसैलाई’
निर्वाचनको प्रचारप्रसारमा उम्मेदवारहरु के बिहान ? के साँझ ? भ्याई नभ्याई छ । पोखराको लेकसाईडमा पर्यटक खचाखच हुन्छन् । अहिले भोट माग्न नेता कार्यकर्ताहरुको भिड पनि देख्न सकिन्छ ।
बाम गठवन्धन निर्वाचन परिचालन कमिटी लेकसाईडले आयोजना गरेको उम्मेदवार घरदैलो कार्यक्रममा युवा संघ केन्दीय अध्यक्ष तथा क्षेत्र नंं ३ प्रदेश ख का उम्मेदवार राजीव पहारीलाई बाटोमा आफु चुनावमा उठ्नुको कारण बताउँदै व्यस्त देखिन्थे ।

एक जना पुराना पर्यटन व्यवसायीले ‘अबको भोट फेवा ताल बचाउनेलाई’ भन्दै पहारीसँग हात मिलाउन आए । पछिल्लो समय फेवाताल अतिक्रमण र प्रदुषण भएको प्रति चिन्ता व्यक्त गर्दै पहारीले ‘म अतिक्रमण भएको तालको जग्गालाई मुआब्जा दिएर ताल संरक्षण गर्दै हर्पन खोलाबाट आउने बालुवा ढुङ्गा रोक्न चेक ड्याम लगाउने छु’ भन्दै मत मागे ।
‘धेरै ले फेवा तालको नारा लगाएर मागी खाने भाँडो बनाए, अब त्यस्तो नहोस्’ भन्दै चिन्ता व्यक्त गरे । गौरीघाट अम्बोट ठाडोपसल ठाउँमा घरदैलो गर्दा अधिकांश मतदाताको भनाई ताल संरक्षणमा नै थियो ।

सम्बन्धित खबर
१० वर्षदेखि फरार बहुविवाह मुद्दाका दोषी पक्राउ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
एउटा समाचारले बदलियो कृष्ण बोटेको जीवन, जापानबाट आएको सहयोगले बल्यो घरको उज्यालो
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
स्याङ्जामा विपद् सूचना दिन नयाँ टोल–फ्री नम्बर ‘१२३४’ सञ्चालनमा
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ