नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कास्की क्षेत्र नं १ प्रदेश क बाट उम्मेदवारी दिएका जीवन परियार घर दैलो अभियान अन्तर्गत जनताको घर दैलोमै काम गर्न पुगेका छन् । आफूले जनताको दुख र मर्म वुझेको व्यक्त गर्दे स्थानिय आवश्यकता अनुशार काम गर्ने समेत वताएका छन् ।
स्थानिय कृषकलाई घाटामा पारि व्यापारी र बिचौलियाले मात्र नाफा कुम्ल्याउने परिपाटी रोक्न आफुले पहलकदमी चाल्ने उनले कृषकहरुसंग प्रतिबद्धता जनाएका छन् ।
उनले कृषकहरुलाई अधिकार सम्पन्न गराउनकै लागि भएपनि काँग्रेसलाई भोट हालेर जिताउनुपर्ने अहिलेको आवश्यकता भएको समेत उल्लेख गरे । कम्यूनिष्टहरु एकतन्त्रीय शासनमार्फत देशलाई साम्यबादमा लाने कुरा गरिरहेको अवस्थामा त्यसलाई निस्तेज गर्नुपर्ने चेत जनतामा आउनुपर्नेमा उनले जोड दिए ।

त्यसै गरी काग्रेस क्षेत्र नं १ मा चुनाव प्रचारका लागि सबै महाधिवेशन प्रतिनीधिहरुले सघाउने भएका छन् । क्षेत्र नं १ अन्तर्गत रहेका नेपाली काग्रेसका महाधिवेसन प्रतिनीधिहरुले चुनावमा सबै परिचालित भई क्षेत्र नं १ मा काग्रेसलाई चुनाव जिताउन प्रतिवद्धता गरेको महाधिवेसन प्रतिनिधी कुमार सुनारले बताएका छन् ।
वहालवाला कानुन न्याय तथा संसदिय मामिला मन्त्री यज्ञ वहादुर थापा र पुर्व सभामुख तारानाथ रानाभाटको मुख्य क्षेत्र रहेको काग्रेस क्षेत्र नं १ काग्रेसको गढ मानिन्छ ।
कास्की क्षेत्र नम्बर १ को (क) मा १५ जनाको उम्मेदवारी परेको छ । बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका दीपक कोइराला ‘रुपक’, नेपाली कांग्रेसका जीवन परियार, राप्रपाका देउबहादुर गुरुङ, नेपाली कांग्रेस (बिपी)का रामबहादुर केसी, मंगोल नेसनल अर्गनाइजेसनकी जानु गुरुङ, राप्रपा प्रजातान्त्रिकका लक्ष्मीकान्त पौडेल, राष्ट्रिय जनमोर्चाका दीपककुमार थापा, विवेकशील साझा पार्टीका नवराज खनाल, नयाँशक्ति पार्टीका नारायणहरी तिवारी, राष्ट्रि जनमुक्ति पार्टीका सीता श्रीस मगर, नेपाल दलित पार्टीका मानबहादुर कामी, देशभक्त जन गणतान्त्रिक नेपाल पार्टीका श्रीधन राई, स्वतन्त्र उम्मेद्वार द्वय अजिम बक्स मिया र टिकाराम पंगेनीले उम्मेद्वारी दर्ता गरेका हुन् ।

सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्दै गरेको ट्याक्टरलाई तीन हजार जरिवाना
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
स्याङ्जाका सरकारी कार्यालयमा छड्के, ३४ कर्मचारीको हाजिरीमा कैफियत
खोलामा डुबेर बेपत्ता भएका युवक मृत फेला
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित