कास्की क्षेत्र नम्बर ३ प्रदेश क बाट उम्मेदवारी दिएकी कांग्रेस नेतृ शारदा पौडेलले भ्रष्टाचारलाई फालेर सुशासन ल्याउनका लागि काँग्रेसलाई जिताउनुको विकल्प नरहेको बताएकी छिन् ।
उनले वाम गठनबन्धनका उम्मेदवारहरुलाई ईंगित गर्दै उनीहरुको जीत संभव नभएको र यदि भैहालेमा पनि भ्रष्टाचारले प्रश्रय पाउने सुझाईन् । त्यस्तै समानुपातिकतर्फका उम्मेदवार आनन्दराज मुल्मीले आर्थिक संबृद्धि सहितको विकासको स्पष्ट आधार तय गर्न नेपाली कांग्रेसलाई जनताले रोज्नेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा कांगे्रस नेतृ मीना पाण्डे, क्षेत्रीय सह सचिव गोविन्दबहादुर गुरुङ, शिव श्रेष्ठ लगायतले नेपाली कांग्रेसको पक्षको मतदान गर्न आग्रह गरेका थिए । काँग्रेस वडा नम्बर १ ईकाई समितिका सभापति टंकप्रसाद पौडेलको सभापतित्वमा कार्यकर्ता भेला आयोजना भएको थियो ।
क्षेत्र नं ३ (क) मा बाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामजी वराल ‘जीवन’, नेपाली कांग्रेसकी शारदा पौडेल, नयाँ शक्तिका देवीप्रसाद सुवेदी, राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, विवेकशील साझा पार्टीका चिरञ्जीवी अधिकारी, जन समाजवादी पार्टीका गोरे दमै, नेपाल दलित पार्टीका कृष्णबहादुर दमाई, राप्रपाका केदारनाथ पौडेल, संघीय समाजवादी फोरम नेपालका चिनबहादुर नेपाली, मंगोल नेसनल अर्गनाइजेसनका सुरेन्द्र विश्वकर्माले उम्मेद्वारी दर्ता गरेका छन् ।
सम्बन्धित खबर
२३ औं आहा रारा पोखरा गोल्डकप माघ दोस्रो साताबाट
पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ
राष्ट्रिय युवा संघ गण्डकी इञ्चार्जमा अर्जुन ‘निर्जन’, कास्की इञ्चार्जमा विक्रम
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
एसओएस गण्डकीमा ‘मानव पुस्तकालय’ को दोस्रो शृंखला
प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनीः १ सय ७२ आविष्कार प्रदर्शन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका