कास्की क्षेत्र नम्बर १ (ख) का उम्मेदवार कृष्ण केसीले काँग्रेसको विकल्प नभएको भन्दै एकीकृत भएर उम्मेदवारलाई बिजयी गराउन आग्रह गरेका छन् ।कांग्रेसका कास्की जिल्ला सभापति समेत रहेका उनले यज्ञबहादुर थापासँगै चुनावी अभियानलाई तिब्रता दिएका छन् ।
कृषि, पर्यटन, जलश्रोत र पूर्वाधार सहितको समृद्ध जिल्ला बनाउने दायित्व आफ्नै काँधमा रहेको भन्दै उनले समृद्धीका एजेण्डा अघि सारेका हुन् । प्राकृतिक श्रोतलाई अधिकतम उपयोग गरेर बढीभन्दा बढी पर्यटक पोखरा भित्र्याउने योजना छन् ।

कास्कीलाई अपराधमुक्त जिल्ला बनाउने, पोखरालाई उत्कृष्ट पर्यटकीय शहरको रुपमा स्थापित गर्ने, उर्जाको विकासमा बढी ध्यान केन्द्रित भएको छ ।
क्षेत्र नम्बर १ प्रदेश (ख) मा ११ जनाले उम्मेद्वारी दिएका छन् । बाम गठबन्धनको तर्फबाट नेकपा एमालेका मनबहादुर गुरुङ, नेपाली कांग्रेसबाट कृष्ण केसी, मंगोल नेसनल अर्गनाइजेसनका मानबहादुर थापा, आमुल परिवर्तन मसिहा पार्टीका चन्द्रबहादुर कार्की, संघीय समाजवादी फोरम नेपालका काशीमाया गुरुङ, राष्ट्रिय जनमोर्चाका गिरबहादुर कुवर, नयाशक्तिका कमल थाप, विवेकशील साझा पार्टीका फडिन्द्रमोहन कडेल, राप्रपाका नारायण गुरुङ, नेपाल दलित पार्टीका भीमबहादुर दर्जी र देशभक्त जन गणतान्त्रिक नेपाल पार्टीका प्रेमराज मस्र्याङगीले उम्मेद्वारी दर्ता गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !