गण्डक न्युज पोखरा/ चुनावमा बालबालिका प्रयोग गर्न निर्वाचन आचारसंहिताले रोकेको छ । तर नरेशशंकर पालिखे भने ‘बालक’ नै लिएर चुनावी अभियान सुरु गरेका छन् । उम्मेदवार बन्दा आफ्नो पार्टी नेपाली कांग्रेसबाट निश्काषित पालिखे चुनावी अभियानमा बालक लिएर हिँड्दा कारबाहीमा भने पर्नेछैनन् । किनकि उनीसँग रहेको ‘बालक’ अभियानका सहयोगी होईनन्, यो उनको चुनाव चिन्ह हो ।
कास्की क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार पालिखे ‘आस्था र निष्ठाको राजनीति जोगाऔं’ नाराका साथ चुनावी अभियानमा जुटेका छन् । अहिले पालिखे शान्त रुपमा अभियानमा ब्यस्त छन् ।

नेपाली काँग्रेसबाट टिकट नपाएपछि पालिखेले बागी उम्मेदवारी दिएका थिए । पार्टीले बिन्दुकुमार थापालाई टिकट दिएको छ । पार्टीका नेताहरुले अनेकौं प्रयास गर्दा समेत उनले उम्मेदवार फिर्ता पनि लिएनन् ।
यसअघि पोखरा लेखनाथ महानगरपालिकाको मेयरको टिकट पाउने भनिएपनि रातारात टिकट खोसिएपछि उनी प्रदेश सभाको टिकट पाउनेमा ढुक्क थिए । यसपटक पनि टिकट नपाएपछि पालिखेले उम्मेदवारी दिएका हुन् । त्यसपछि ठ्याक्कै एक हप्तामा पार्टीले साधारण सदस्य समेत नरहने गरी निश्कासन गरिसकेको छ ।
पार्टी अनुशासन विपरित आधिकारिक उम्मेदवारलाई नै असहयोग गर्ने गरी वागी उम्मेदवारी दिएपछि उनलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो । पार्टी गम्भिर संकटमा रहेको बेलामा अनुशासनभन्दा बाहिर रहेर पार्टी विरुद्ध नै बागी उम्मेदवारी दिने पालिखेलाई सहयोग नगर्न उसले आफ्ना सम्पूर्ण भातृ संघसंस्थाहरुलाई निर्देशन समेत दिएको छ ।

आफु पार्टीप्रति आस्थावान कार्यकर्ता हुँदाहुँदै पार्टीले मुल्यांकन नगरेको आरोप उनको थियो । ‘आस्था र विश्वास सहित निष्ठाको राजनीतिक गर्ने मान्छे कहिलैपनि बिचलित हुँदैन । चुनाव जित्ने योजनाका साथ भोट माग्न थालिसकेको छु । चुनाव जितेर आफ्नो क्षेत्रलाई नेपालकै उत्कृष्ट बनाउनेछु ।’ उनले उम्मेदवारी फिर्ता नलिने सन्दर्भमा भनेका थिए ।
पालिखे सबैभन्दा सानो उमेरमा (२८ बर्ष) पोखराका उपमेयर भएका ब्यक्ति हुन् भने सानै उमेरमा काँग्रेसले मेयरको टिकट समेत दिएको थियो । पोखरा नगरका नगरसभापतिमा सचिव हुँदै २ पटकसम्म सभापति र पोखरा उपत्यका नगरविकास समितिका अध्यक्ष समेत भैसकेका छन् ।
४१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियुमा चुनाव लडेर पराजीत भएका उनी काँग्रेस कास्कीको जिल्ला कोषाध्यक्ष र सचिव समेत भैसकेका थिए । त्यसपछि लगातार २ पटक महासमिति सदस्य भएका पालिखे हाल पार्टीको महाधिबेशन प्रतिनिधी छन् । उनी २०४६ सालमा एमविए तर्फ नेपाल टप भएर गोल्ड मेडल समेत जितेका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा