काँग्रेस नेता रामचन्द्र पौडेलको चुनावी सभामा कविता वाचन गर्दैगर्दा पण्डितको मृत्यु

काँग्रेस नेता रामचन्द्र पौडेलको चुनावी सभामा कविता वाचन गर्दैगर्दा पण्डितको मृत्यु

Senior leaders of Nepali Congress party lay the party flag on the body of late former Prime Minister Sushil Koirala in Kathmandu

Senior leaders of Nepali Congress party lay the party flag on the body of late former Prime Minister Sushil Koirala in Kathmandu, Nepal, February 9, 2016. REUTERS/Navesh Chitrakar

पोखरा, ३० कात्तिक । काँग्रेसको चुनावी कार्यक्रममा कविता वाचन गर्दागर्दै एकजनाको मृत्यु भएको छ ।

तनहुँ भानु नगरपालिका वडा नम्बर १२ कवाचित भन्ने ठाऊँका पुराना काँग्रेसका कार्यकर्ता श्रीभद्र पण्डितको मृत्यु भएको हो । हृदयघातका कारण उनको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सरिक भएको चुनावी कार्यक्रममा पण्डितले कविता वाचन गर्दै गर्दा एक्कासी बेहोश भएर ढलेका थिए । बेहोश भएर ढलेपछि उपचारको लागि डुम्रेतर्फ लैजादै गर्दा बाटोमा उनको मृत्यु भएको कार्यक्रमस्थलबाट पत्रकार गंगाधर पराजुलीले जानकारी दिए ।

चुनावी प्रचार कार्यक्रममा पण्डित एक्कासी ढलेपछि कार्यक्रम प्रभावित भएको थियो । उनको मृत्यु भएपछि वरिष्ठ नेता पौडेलले विहिबारको सम्पूर्ण चुनावी कार्यक्रमहरु रद्द गरे ।

साथै पौडेलले काँग्रेसले एउटा असल र निष्ठावान कार्यकर्तालाई गुमाएको भन्दै शोक व्यक्त गरे । उनले मृतकको परिवारप्रति समवेदना प्रकट गर्दै शोकलाई शक्तिमा बदल्न सबै काँग्रेस कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ