कास्की क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार रबिन्द्र अधिकारीले मुठ्ठीभरका जनता मात्र धनी हुने शासन सत्ता पल्टाउने उद्घोष गरेका छन् ।
कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा—१६ बाटुलेचौर मैदानमा शुक्रबार विहान घरदैलोको शुभारम्भ गर्दै प्रतिनीधि सभा कास्की क्षेत्र नम्बर २ का उम्मेद्वार अधिकारीले मुठ्ठीभरका मान्छे धनी हुने तर जनता भने गरीब बनाईराख्ने वर्तमान शासन सत्ता पल्टाउने उद्घोष गरेका हुन् । उनले भने,‘केहि मुठ्ठीभरका मान्छे धनी हुने तर जनता भने सँधै गरीब भइराख्ने शासन सत्ता हामी उल्टाउँछौं ।’
एमालेका युवा नेतासमेत रहेका उम्मेद्वार अधिकारीले विगतमा राजनीतिक अस्थीरताका कारण विकास गर्न नसकेको स्विकार्दै अब बाम एक भई आएकाले स्थिरताका लागि मतदान गरी बाम गठबन्धनका उम्मेद्वारलाई बिजयी गराउन आग्रह गरे ।
अधिकारीले कांग्रेसले शिसाको महलमा बसेर ढुंगा हान्ने काम गरिरहेको भन्दै शिसाको घर झरयामझुरुम पारिदिने चेतावनी दिए । कांग्रेस उम्मेद्वारले बाम गठबन्धनका उम्मेद्वारलाई व्यक्तिगत लाञ्छना र गालीगलौज गरेको प्रति उनले आक्रोस व्यक्त गरेका हुन् । उनले आकाशमा थुकेको थुक आफ्नै अनुहारमा पर्नसक्नेतर्फ नबिर्सन कांगे्रसलाई सचेत गराए ।

जनताको जीवनमा परिवर्तन ल्याउनु हाम्रो संकल्प हो – करण
कास्की—२ को प्रदेश क्षेत्र नम्बर २ का बाम गठबन्धनका उम्मेद्वार राजकाजी गुरुङ ‘करण’ले जनताको जीवनमा परिवर्तन ल्याउनु नै आफूहरुको संकल्प रहेको बताए । उनले मुलुकको मुहार फेर्नका लागि बाम गठबन्धनलाई विश्वास गरिदिन आग्रह गरे ।
कम्युनिष्टहरु नमिलेसम्म राजनीतिक परिवर्तन र आर्थिक समृद्धी नहुने दाबी गर्दैै उनले भने,‘हामीलाई अन्तिम पटक विश्वास गर्नुस्, मुलुकको मुहार फेर्ने र जनताको जीवनमा परिवर्तन ल्याउने हामीले संकल्प गरेका छौं र त्यो पूरा गरेरै छाड्छौं ।’ उनले ग्रामिणस्तरसम्म स्वरोजगार बनाउने र बेरोजगारलाई रोजगार दिने बाम गठबन्धनको अभिष्ट रहेकाले अन्तिम पटक अवसर दिन उनको आग्रह थियो ।
‘करण’ले प्रदेश नम्बर ४ लाई देशकै नमूना (मोडल) प्रदेश बनाउने आफूहरुको योजना रहेको बताए । साथै उनले धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न कांग्रेसलाई चेतावनी दिदै त्यसो गरिरहे एउटाको सट्टा दशौं आरोपको प्रमाणसहित कांग्रेस उम्मेद्वारको भण्डाफोर गरिदिने बताए ।
सम्बन्धित खबर
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
स्याङ्जामा ३६ हजारभन्दा बढी बिरुवा उत्पादन
स्याङ्जामा ८२ प्रतिशतभन्दा बढी धान रोपाइँ सकियो
तीन महिनामै स्याङ्जा प्रशासनबाट पाँच हजारभन्दा बढी नागरिकता वितरण
स्याङ्जामा एक महिनामै २७ मुद्दा दर्ता, लागूऔषध र विपद्का घटना बढे
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
सरकारबाट कुनै ठूलो ड्यामेज गर्ने निर्णय भए रातारात परिवर्तन हुन्छ, पार्टीले हेर्छ: रवि लामिछाने
रौतहटमा युवकले गरे आत्मदाह प्रयास, काठमाडौं रिफर