पोखरा १ मंसिर । पोखरामा विस्तारै चिसो बढ्दै छ तर चुनावी सरगर्मीले माहौल तताएको छ । उम्मेदवारलाई जनताको घरदैलोमा पुगेर आफ्ना एजेण्डा बताउँदै भोट माग्ने चटारो छ । यहि चटारोकावीच कास्की क्षेत्र नम्वर २ का प्रतिनिधिसभा उम्मदेवार बाम गठबन्धनका रविन्द्र अधिकारी र काँग्रेसका देवराज चालिसेको भेट फेवातालमा भयो । फेवातालको चिसो सिरेठो छल्दै एपीवान टेलिभिजनमा उनीहरु आमनेसामने भए ।
एकै क्षेत्रका प्रतिष्पर्धी दुईले एउटै डुंगामा बसेर चुनावमा हारे सहयोग गर्ने र जिते सहयोग लिने बाचा गरे । दुवै उम्मेदवार एउटै डुंगाबाट फेवाताल सयर गर्दै पोखरा विकासबारे आफ्ना अवधारणा राखे । लगातार दुई संविधानसभा चुनावमा साविक कास्की ३ बाट बिजयी भएका रवीन्द्र अधिकारी र संसदीय प्रतिश्पर्धामा नयाँ अनुहार काँग्रेसका उम्मेदवार देवराज चालिसेबीच बैचारिक छलफल भयो ।
रवीन्द्रले आफ्ना कार्यकालमा भएका विकासबारे समीक्षा गरेर आगामी एजेण्डा पोखे । उता चालिसे चाहीँ हालसम्मका उम्मेदवारले देखिने गरी काम गर्न नसकेपछि आँफु उम्मेदवार भएको दावी गर्छन् । ‘विकास गर्ने अवधी हुन्छ । दुई कार्यकालसम्म जनताले विश्वास गरेर पठाएका प्रतिनिधीले काम नगरेपछि तेश्रो पटक उ रोजाईमा पर्दैन, चालिसेले भने–देशका हरेक ठाउँमा तेश्रो पटक नेतृत्व गर्न नपाउने नीतिगत ब्यवस्था हुनुपर्छ । नत्र नेतृत्व हस्तान्तरण हुन सक्दैन ।’
रवीन्द्रचाहीँ कार्यकारी पोष्टमा मात्रै यस्तो ब्यवस्था हुनुपर्ने बताउँछन् । ‘नीतिगत रुपमा निर्णय गर्न सके राम्रै हो । तर नेपालमा यो सम्भावना निकै कम छ, उनले भने–कम्तिमा कार्यकारी पोष्टमा तेश्रो पटक उम्मेदवार नबन्ने वातावरण बनाउनुपर्छ । त्यसमा म पनि सहमत छु ।’

दुवै नेताले फेवातालको संरक्षण र विकासलाई चुनावी एजेण्डाका रुपमा प्रश्तुत गरे । अधिकांश बिषयमा समान एजेण्डा अघि सारेका यि दुई नेताको चुनावी प्रतिश्पर्धा निकै रोचक हुने अनुमान छ । दुवैजना विद्यार्थी जीवनबाट नेपाली राजनीतिमा उदाएका हस्ती हुन् । ‘राजनीतिमा चालिसे जी मेरो गुरु हुनुहुन्छ । उहाँलाई म निकै सम्मान गर्छु, रवीन्द्र भन्छन्–हामी निष्पक्ष र स्वस्थ प्रतिश्पर्धा गर्छौं । जनताले जसलाई रोज्छन्, स्विकार्न तयार छु ।’
चालिसे पनि जनताको मतलाई कदर गर्दै हारजीत स्विकार्ने बताउँछन् । ‘जसका एजेण्डा मन पर्छ । जनताले उसैलाई भोट हाल्ने हो, देवराजले भने–जिते रवीन्द्रजीको सहयोग लिन्छु, हारे रवीन्द्रजीलाई सघाउँछु ।’ एकले अर्कालाई सघाउने विषयमा दुवैजना सहमत छन् । उनीहरुले सडक, खानेपानी, प्राकृतिक श्रोत साधनको संरक्षण र उपयोग, विमानस्थल निर्माण, चक्रपथ लगाएतका साझा एजेण्डालाई प्रमुखताका साथ लिएर जनताको मत माग्ने दौडाहामा छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन