गण्डक न्युज पोखरा, २ मंसिर । शुक्रबार बालाचतुर्दशी । कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पर्यटकीय तथा धार्मिक महत्व बोकेको स्थल पञ्चासेमा ठूलो मेला भरेर ध १ ख ८७ नम्बरको बसमा ४० बढी यात्रु फर्के ।
पञ्चासेबाट पर्वततर्फ जाँदै गरेको सो बस आर्थर नजिकैको कुस्मा नगरपालिका –१४ रेसको पाखाबाट झण्डै एक सय मिटर तल खस्यो ।
शुक्रबार दिउँसोको सो घटनामा पोखरा मालेपाटनका अन्दाजी ३२ वर्षीय दीपक गुरुङले ज्यान गुमाए । यति ठूलो भिरबाट खसेको बसमा सवार अन्य तीन दर्जन घाईते छन् ।
बस धेरै तलपुगेपछि एउटा रुखले गर्दा मात्र अडिएको छ । त्यसभन्दा तल झनै ठूलो भिर रहेको छ ।
पर्वत प्रहरीका अनुसार दुई दर्जन बढि हस्पिटलमा भर्ना भएका छन् । दुर्घटना लगत्तै सबैले आफ्नै तबरले घाईतेको उद्धार गरेकाले को कुन हस्पिटलमा लगिएकोबारे अझै किटान हुन सकेको छैन ।
धेरैको पोखरा ल्याईएको छ । दुई जनाको अवस्था अत्यन्त चिन्ताजनक र अन्य ६ जनाको गम्भिर रहेको बताईन्छ ।
तस्विरः आर पी निर्मल र मनोज गुरुङ
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
कास्कीका माधवको शव स्याङ्जाको मिर्मिमा भेटियो, बागलुङका डम्बरको अत्तोपत्तो छैन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल