पोखरा / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको निधनपछि उनको ससुराली गाउँ हेम्जापनि शोकमा डुवेको छ। प्रकाशको असामयिक निधनबाट आफूहरु शोकाकूल भएको प्रकाशपत्नी सिर्जनाका बुबा देवकृष्ण त्रिपाठीले बताए।
हेम्जाका देवकृष्ण त्रिपाठीले २०६४ साल माघमा आफ्नी कान्छी छोरी सृजना त्रिपाठीको ‘कन्यादान’ गरेका थिए। त्यो बेला पोखराको पृथ्वीचोकमा रहेको ‘वाइसिएल क्याम्प’मा भएको जनवादी बिवाहमा पिता देवकृष्णको कन्या ग्रहण गर्ने कुटुम्ब थिए, माओवादी अध्यक्ष प्रचण्डका सूपुत्र प्रकाश दाहाल। भर्खरै शान्ति प्रक्रियामा आएका प्रचण्ड कास्कीको लेहाडेमा जन्मेका थिए भने देवकृष्णको घर लेहाडे तलको हेम्जा।

अझ, प्रचण्डकी अर्धाङ्गिनी सीता दाहालको माइती पनि हेम्जामै हो। बिहेको लागि कन्या खोज्ने काममा सीता नै सक्रिय थिइन्। लडाकुको कडा सुरक्षाबीच भएको बिहेले राष्ट्रिय चर्चा पायो। प्रचण्डकी बुहारी तथा प्रकाशकी अर्धाङ्गिनी बन्ने सौभाग्य पाएकी सृजनालाई २०६७ सालमा पुत्रलाभ भयो। अहिले प्रकाश–सृजना पुत्र प्रसिद्ध ८ वर्षमा हिँड्दैछन्। पोखराको प्राइम मण्टेश्वरी र कुमुदिनी होम्समा पढेका उनी यतिबेला आमासँगै काठमाण्डौं छन् । प्रकाशको पहिलो विवाह पोष्टबहादुर बोगटीकी छोरी प्रभावसँग भएको थियो तर समझदारीमा सम्बन्ध विच्छेद भएको थियो ।

‘भर्खरै नाती पढाउनको लागि सृजना पनि काठमाण्डौं गएकी हो’, ज्वाईंको निधनको खबरले द्रवित देबकृष्ण त्रिपाठीले टेलिफोनमा भने, ‘अस्ति भर्खर (कार्तिक १० गते) पोखरा आउँदा उहाँ (प्रचण्ड) ले नाति र सृजनालाई भेट्नु भएको थियो।’ अति व्यस्तताको बीच पनि प्रचण्डले नाती र छोरीलाई भेटेको त्रिपाठीले सुनाए।
पाउ पुज्नुपर्ने ज्वाईं निधनले मर्मामत छन्, यतिबेला त्रिपाठी। सृजना माइत बसेकाले सम्बन्ध गाढा नभएपनि नातीको ठाउँमा नाती र ज्वाईँको ठाउँमा ज्वाईं भएकाले उनी ढुक्क थिए । ‘उहाँ( प्रचण्ड)ले पनि बस्ने भनेको कि घर, कि माइत त हो नि भन्नुहुन्थ्यो’, त्रिपाठीले सुनाए, ‘हामीसँग त्यस्तो कुनै मनमुटाव थिएन ।’

सबै कुरा ठीकठाकै चल्दै गर्दा दुःखको खवर सुन्नुपरेको उनको भनाई छ। सृजना दशैँ तिहारतिर हेम्जामै थिइन्। उनका अनुसार ज्वाईं प्रकाशसँग भने केही समययता भेटघाट भएको थिएन। प्रचण्डसँग भेट हुँदा भने, घरायसी कुराकानी हुने गथ्र्यो।
सिर्जना यतिबेला काठमाडौं छिन्। प्रकाशको निधनको खबरले उनीपनि बेहोस् अवस्थामा छिन्। देवकृष्णले भने, ‘हामी सबै शोकाकूल अवस्थामा छौं। जे नहुनुपर्ने हो, त्यही भयो।’

वाशुदेव मिश्र/नेपालखबर
सम्बन्धित खबर
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
स्याङ्जामा निर्वाचनको अन्तिम तयारी, ३२२ मतदान केन्द्र तयार
स्याङ्जा कारागारका १७ कैदीले मतदान गर्ने
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला