पोखराका सञ्जयको काठमाण्डौमा दुर्घटनामा निधन हुँदा पोखरेली स्तब्ध

पोखराका सञ्जयको काठमाण्डौमा दुर्घटनामा निधन हुँदा पोखरेली स्तब्ध

Sanjay

पोखरा, ३ मंसिर / गण्डकी विकास बैकका सिईओ रेशम थापाका छोरा सञ्जयको काठमाण्डौंमा दुर्घटनामा निधन हुँदा आफन्त शोकमा डुबेका छन् । अहिले थापालाई शुभेच्छुक तथा मित्रहरुले फेसबुकमा समवेदना प्रकट गरिरहेका छन् ।

काठमाडौँको डिल्लीबजार ओरालोमा पर्यटक गाडीको ठक्करबाट मोटरसाइकल चालक सञ्जयको ज्यान गएको थियो । शनिबार राति बा१प १३०७ नम्बरको पर्यटक गाडीले बा८६प ९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा पोखरा लेखनाथ महानगरपालिका ११ का सञ्जय थापाको मृत्यु भएको हो ।

पर्यटक गाडीको ठक्करबाट घाइते भएका थापाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । थापा बानेश्वरस्थित कन्याम ब्वाइज होस्टलमा बस्ने विद्यार्थी हुन् ।

ठक्कर दिने पर्यटक गाडीसहित चालकलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ