गण्डक न्युज पोखरा, ८ असोज / सत्तासीन राप्रपाले विहीबार आयोजना गरेकै ठाउँमा गत मंगलबार विवेकशील साझा पार्टीलाई भने चुनावी सभा आयोजना गर्न निषेध गरियो ।
बजारको मुख्य भागमा सवारी जाम गराएर होहल्ला हुने भन्दै स्थानीय व्यापारी व्यवसायीले ठूला सभा गर्न नदिने बताउँदै आएको छ । यो समग्र जनहित अनुकूल नै छ । तर, ठूला पार्टीले सभा गर्दा सानालाई मात्र निषेध हो ? भन्ने गुनासो पनि उत्तिकै बढेको छ ।
कास्की प्रशासन कमल थापाका लागि बाधक बनेन, रञ्जु दर्शना आउने कार्यक्रमको लागि भने स्टेज बनाउनै दिएन । विवेकशील साझा पार्टीले सोमबार नै जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको बताएको छ । मंगलबार बिहान प्रहरीले सिडिओको आदेश भन्दै स्टेज हटाईदिएको हो । त्यसपछि नजिकैको रेष्टुरेण्टको प्रेस कन्फरेन्स हलमा कार्यक्रम गर्न बाध्य भएको थियो ।

स्थानीय ब्यबसायीको विरोधका बाबजुद राप्रपाले सार्वजनिक कार्यक्रम गर्न नदिने भनिएको ठाउँमा चुनावी सभा आयोजना ग¥यो । विरोधमा स्थानीय व्यवसायीले पसल बन्द नै गरे । स्थानीय चिप्लेढुंगा–सिद्धार्थचोक ब्यापारिक एशोसियसनको विरोधका बाबजुद हर्न निषेध र माईक राखेर सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको पोखराको चिप्लेढुंगामा राप्रपाले चुनावी सभा आयोजना गरेको हो ।
पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले कार्यक्रम गर्ने अनुमति आफूले नदिएको बताए । त्यसपछि, ब्यबसायीहरुले जिल्ला प्रशासन कार्यालयले दिएको जानकारी पाएपछि प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको कार्यकक्षमा अगाडि केहिबेर धर्ना दिएका थिए । उपप्रधानमन्त्री समेत रहेका थापाको कार्यक्रम सिडिओले रोक्न नसकेपछि व्यवसायीले पसल नै बन्द गरेका हुन् ।
सडकमा कार्यक्रम नगर्न व्यवसायीहरुको दबाब
सडकमा कार्यक्रम नगर्नका लागि पोखराका व्यवसायीहरुले दबाब दिएका छन् । सडक नै ढाकिने गरी राजनीतिक दल तथा अन्य संघसंस्थाहरुले कार्यक्रम गरिदिँदा व्यवसाय नै चौपट भएकाले व्यवसायीहरु आक्रोशित भएका हुन् । सडकमा बारम्बार कार्यक्रम आयोजना भएपछि त्यसको सांकेतिक बिरोध स्वरुप चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिको अगुवाईमा त्यस क्षेत्रका व्यवसायीले बिहीबार केहीबेर व्यवसाय समेत बन्द गरे ।

सकडमा कार्यक्रम आयोजना हुँदा ट्राफिक अस्तव्यस्त हुने, सर्वसाधरणको आवातजावतमा समस्या हुने भएकाले कार्यक्रम गर्नका लागि खुल्ला चौर रोज्न सबैलाई आग्रह गरिएको समितिका अध्यक्ष डिबी भुजेलले जानकारी दिए ।
‘सडकमा कार्यक्रम नगर्न हामीले बारम्बार आग्रह गरिरहेका छौं,’ अध्यक्ष भुजेलले भने, ‘अटेर गरेर बारम्बार सडकमै कार्यक्रम आयोजना भएपछि हामीलाई निकै समस्या भएको छ ।’
सडकमा कार्यक्रम आयोजना भएपछि चिप्लेढुंगा सिद्धार्थचोक क्षेत्रको व्यापार शुन्य हुने गरेको भुजेलले बताए । व्यवसायीहरुलाई चिप्लेढुंगा सडक समिति, महिला समाज सेवा समिति चिप्लेढुंगा, आदर्श टोल विकास संस्था, पोखरा ट्रेड मल लगायतका संस्थाले पनि साथ दिएका छन् । आगामी दिनमा सडकमा कार्यक्रम नगर्न व्यवसायीहरुले सरोकारवाला सबैसँग माग गरेका छन् ।
सम्बन्धित खबर
मनाङमा एउटा एम्बुलेन्ससमेत छैन
हिसान फुटसलमा गुरुकुल र कास्की मोडनाइज फाइनलमा
सहारा युकेका महासचिव गुरुङको सहारा आ.वि.मा सहयोग
द आर्ट अफ लिभिङद्वारा कैदीबन्दीलाई योग ध्यान र ज्ञानसम्बन्धी निःशुल्क तालिम
चिप्ली गाउँमा फागुन १३ देखि महाशिवरात्री मेला
पोखरा १४ र २६ जोड्ने सडक निर्माण शुभारम्भ
यो पनि पढौँ
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो